बुद्धको जन्मस्थल लुम्बिनीलाई छुट्याइएको बजेट अपुग
भैरहवा : गौतम बुद्धको जन्मस्थल लुम्बिनी गुरुयोजनाका लागि अपुग बजेट छुटइएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा अगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्दै लुम्बिनी गुरुयोजनाका लागि एक अर्ब बजेट विनियोजन गरिएको बताए । जुन रकम गुरुयोजनाको लागि एक चौथाई बजेट पनि होइन । जब कि, गुरुयोजना सम्पन्न गर्न ६ अर्ब बजेट आवश्यक रहेको बताइन्छ ।
४० वर्ष भन्दा अघि केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना हालसम्म ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यस्तै अर्थमन्त्री खतिवडाले विश्व सम्पदा सुचीमा सुचीकृत लुम्बिनीको विकासका लागि बुद्धसँग सम्बन्धित स्थल तिलौराकोट, लुम्बिनी, देवदह र रामग्रामलाई जोडेर वृहत्तर गुरुयोजना तयार पारी विकास गरिने बताएका थिए ।