प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ को पहिलो जित

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ को पहिलो जित

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको हो।

पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। प्रदेश २ को जितमा हरिशंकर साहले ५५ रनको अर्धशतकीय पाली खेले। यस्तै हसिम अन्सारीले १७ र रवि साहले अविजित १६ रन बनाए। कर्णालीका प्रकाश जैशीले एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली ३४.४ ओभरमा ९३ रनमा समेटिएको थियो। कर्णालीका प्रकाश जैशीले ३७ रन बनाए। कप्तान रवीन्द्र शाहीले १४ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीले १२ रन अतिरिक्त रूपमा पाएको थियो। प्रदेश २ का कुमार थापाले तीन विकेट लिए। यस्तै रासिद खान, शम्सेद शेख र हरिशंकर साहले दुई÷दुई विकेट लिए। हरिशंकर खेलको म्यान अफ दी म्याच घोषित भए।

समूह बीमा रहेको प्रदेश २ ले दुई खेलबाट दुई अंक जोडेको छ। प्रदेश २ समूहको तेस्रो स्थानमा छ। यस समूहमा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। अहिलेसम्म खेलेका तीनै खेलमा पराजय बेहोरेको कर्णाली प्रदेशले अंक जोड्न सकेको छैन।

पुलिसको लगातार दोस्रो जित

विभागीय टोली नेपाल पुलिस क्लबले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ७५ रनले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित हात पारेको हो।

पुलिसले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ३८.३ ओभरमा एक सय १० रनमै समेटियो। प्रदेश १ का सन्नी पुनले २७, मनिष थापाले १९, दीपेश कँडेलले १५, फिर्दोष अन्सारीले १२ र कप्तान पुष्प थापाले १० रन बनाए। पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए। यस्तै ललित राजवंशीले तीन तथा आरिफ शेख र सागर ढकालले एक÷एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३.१ ओभरमा अलआउट हुँदै एक सय ८५ रन बनाए। पुलिसका अमित श्रेष्ठले शतकीय पाली खेले। आक्रामक ब्याटिङ गरेका अमितले एक सय १८ बलमा एक सय ६ रन बनाए। यस्तै कुशल भुर्तेलले २४ रन बनाउँदा रामनरेश गिरी र कप्तान मञ्जित श्रेष्ठले समान ११ रन बनाए। प्रदेश १ का फिर्दोष अन्सारी, सिद्धान्त लोहनी, कमल खत्री, पुष्प थापा र दीपेश कँडेलले दुई÷दुई विकेट लिए। अमित खेलको म्यान अफ दी म्याच चुनिए।

समूह बीमा रहेको पुलिसले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ। पुलिसले लगातार तीन खेल जितेर ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको विभागीय टोली आर्मीलाई पछ्याइरहेको छ। अहिलेसम्म दुई खेल खेलेको प्रदेश १ ले अंक जोड्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.