गांगुलीले पत्ता लगाए क्रोनिए र डोनाल्डको चलाखी

गांगुलीले पत्ता लगाए क्रोनिए र डोनाल्डको चलाखी

सन् १९९९ को विश्वकपमा दक्षिण अफ्रिकाले भारतसँग आफ्नो पहिलो खेल खेल्दै थियो। खेलका क्रममा दक्षिण अफ्रिकाका अनुभवी खेलाडी कप्तान हेन्सी क्रोनिए र एलन डोनाल्ड दुवैजनाले आफ्नो कानमा निकै सानो इयर फोनजस्तो कुनै वस्तु लगाएका थिए।

त्यसतर्फ धेरैको ध्यान गएन। क्रोनिए र डोनाल्ड बीचबीचमा आफैंसँग बोलेजस्तो पनि गर्थे। खेल निकै अगाडि बढिसकेपछि भारतीय खेलाडी सौरभ गांगुलीले यसतर्फ ध्यान दिए। त्यसपछि गांगुलीले मैदानमा रहेका अम्पायरलाई यस विषयमा बताए।

अम्पायरले छानबिन गर्दा क्रोनिए र डोनाल्डले कानमा इयर फोन लगाएको पाइयो। उनीहरूले आफ्ना प्रशिक्षक बब उल्मरको निर्देशन पछ्याइरहेका थिए। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको त्यतिबेलाको नियमअनुसार मैदानमा कुनै पनि खेलाडीलाई यस्तो गर्ने अनुमति थिएन।

त्यसपछि अम्पायरले ती दुवै खेलाडीको कानबाट इयर फोन हटाउन लगाए। उक्त खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको थियो। निकैपछि क्रोनिए खेल मिलेमतो प्रकरणमा मुछिएर प्रतिबन्धमा परे। सोही अवधिमा विमान दुर्घटनमा परी उनको निधन भयो। प्रशिक्षक उल्मरको पनि सन् २००७ को विश्वकपका क्रममा जमैकास्थित एक होटलमा रहस्यमय तरिकाले निधन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.