सभासदहरु राष्ट्रपतिबाट सम्मानित

सभासदहरु राष्ट्रपतिबाट सम्मानित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधान सभासदहरुलाई पदकसहित सम्मानित गरेकी छन्। संविधान निर्माणमा योगदान पुर्‍याएको भन्दै ११०९ जना सभासदलाई राष्ट्रपति भण्डारीले  विभूषित गरेकी हुन्।

शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले रोलक्रमअनुसार पदकसहित सम्मान गरेकी हुन्। सम्मानित हुनेमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादवलगायत छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्रीहरु पनि सम्मानित हुनेमा परेका छन्। लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित सूचीमा रहेको छ।

बिहान ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रमको पहिलो चरण सकिएको छ।अहिले रोलक्रमअनुसार पदक वितरण भइरहेको छ।

गणतन्त्र दिवसको अवसरमा करिब ११ सयभन्दा बढी सभासदहरुलाई सम्मानित गर्न लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.