प्रधानमन्त्री दिल्ली आउँदै

प्रधानमन्त्री दिल्ली आउँदै

नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिल्ली आउँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन उनी दिल्ली आउन लागेका हुन्। नेपाल एयरलायन्सको दिउँसो १.३५को नियमित उडानबाट दिल्ली आउन लागेका ओली ३ बजेसम्म इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उत्रनेछन्।

प्रम ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकर वैरागी लगायतको टोली रहनेछ।  भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलगायत भारतीय अधिकारीले प्रधानमन्त्री ओलीलाइ विमानस्थलमा स्वागत गर्ने कार्य तालिका रहेको छ।

भारत सरकारको निमन्त्रणामा दिल्ली आउन लागेका ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा बस्नेछन् । समारोहमा सहभागी हुनुअघि कुनै पनि राजनीतिक भेटघाट नहुने बुझिएको छ।

श्रोतका अनुसार भारतीय पक्षको स्पष्ट निर्देशन नै रहेको हुँदा पहिलो दिन कुनै राजनीतिक भेटघाट नहुने भएको हो।ओली आज साँझ सात हुन लागेको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। सोही समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग संक्षिप्त भेटघाट हुनेछ। त्यसपछि राति ९ बजेको रात्रीभोजमा सहभागी हुनेछन्। 

शुक्रबार प्रधानमन्त्री ओली र उनका समकक्षी प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट हुनेछ।मोदीले विमस्टेकका सबै सदस्य राष्ट्रलगायत किर्गिस्तान र मोरिसस गरेर ९ मुलुकका प्रमुखलाई भेट गर्ने भएको हुँदा दुई प्रधानमन्त्रीबीच कुराकानीका छोटो हुने श्रोतले बताएको छ।

श्रोतका अनुसार भारतीय प्रमलाई बधाई दिने र द्विपक्षीय हितका विषयमा सामान्य छलफल हुने संभावना रहेको छ। राष्ट्रपति भवनको फोरकोर्टमा हुन लागेको सपथ समारोह मोदीको पहिलो कार्यकालभन्दा पनि भव्य रुपमा आयोजना गरिएको छ। 

२०१४ को समारोहमा ३ हजार ८ सय अतिथि सहभागी थिए भने यो समारोहमा ६ हजार बढी सहभागी हुने अनुमान गरिएको छ। पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह ,युपिए अध्यक्ष सोनिया गान्धी, र कांग्रेस अध्यक्ष राहुल गान्धी पनि समारोहमा सहभागी हुँदैछन्। 

प्रधानमन्त्री ओलीको यो दोश्रो भारत भ्रमण हो। यस अघि ओलीले २०१८ अप्रिलमा भारतको तीनदिने राजकीय भ्रमण गरेका थिए। यस बीचमा भारतीय प्रधानमन्त्री मोदी चारपटक नेपालको भ्रमणमा पुगेका थिए।

ओलीले भेटमा आफ्ना समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिने बुझिएको छ। शुक्रबार नै प्रम ओली भारतस्थित नेपाली दूतावास पनि आउने कार्यक्रम रहेको छ। शुक्रबार दिउँसो नेपाल एयरलायन्सको ३.५५को नियमित उडानबाट प्रम ओली स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रम ओलीको दिल्ली बसाइ चौबीस घण्टाको रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.