यार्सा पाटनमा स्वास्थ्य शिविर

यार्सा पाटनमा स्वास्थ्य शिविर

दुनै,डोल्पा : डोल्पाका उच्च हिमाली यार्चागुम्बा पाउने पाटनमा स्वास्थ्य शिविर सञ्चालनमा आएको छ।यार्चा संकलकको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न ८ पाटनमा स्वास्थ्य शिविर राखिएको हो। कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलको विशेष पहलमा पाटनमा स्वास्थ्य शिविर राखिएको सामाजिक विकास मन्त्री दल रावलका निजी सचिव नन्दबहादुर रोकायाले जानकारी दिए। 

जिल्लाको यार्सागुम्बा पाउने पाटन नाउरपानी, शिशोल, धो तराप स्वास्थ्य चौकी,सागर, फुलबारी,जगदुल्ला,ग्यालबारा,बागडाँडा र क्याङजूरु लेखमा गरी ८ वटा पाटनमा स्वास्थ्य शिविर राखिएको निमित्त स्वास्थ्य प्रमुख रणलाल कुलालले जानकारी दिए । 

उनका अनुसार हरेक शिविर राखिएको ठाउँमा यहि १५ गते देखि ३० गतेसम्म एक जना हेल्थ असिष्टेन्ट अर्थात् अहेब रहने र औषधि सबै पाटन क्षेत्रका शिविरसम्म पुगिसकेको बताए। लगभग ७० प्रकारका औषधि ढुवानीदेखि अन्य लाग्ने सबै खर्च सामाजिक विकास मन्त्रालयले व्यवस्थापन  गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देवबहादुर बिसीले जानकारी दिए।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.