सृष्टिका सबैभन्दा सुन्दर महिला नै हुन् : प्रधानमन्त्री ओली

सृष्टिका सबैभन्दा सुन्दर महिला नै हुन् : प्रधानमन्त्री ओली

काठमडौं : ‘घरघरमा महिला हिंसा भएन भने नेपाली सुखी हुन्छन्, महिलाहरु रोइदिएनन भने नेपाल सुखी हुन्छ’, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली एक कार्यक्रममा महिलाको सुन्दरताको वयान गरिरहेका थिए, ‘सृष्टिमा सबैभन्दा सुन्दर केही छ भने त्यो महिला नै हुन्।’ 

ओलीले संसारका कवि, साहित्यकारले अनेक शब्द महिलाको सुन्दरताको बखान गर्नमै खर्चिएको उनको भनाइ छ। महिलाले सुन्दरताको गर्व गनुपर्ने उनको भनाइ थियो। ‘सुन्दर वस्तुलाई दुःख दिने तत्व पाखण्डी हुन्’, उनले थपे, ‘जहाँ महिला सम्मानित हुन्छन् त्यहा मात्रै ईश्वर रमाउँछन्।’

पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन सत्रमा उपस्थित भएका प्रधानमन्त्री ओलीले महिला अधिकारको क्षेत्रमा नेपालले विकसित देशको तुलनामा राम्रो प्रगति गरेको बताए। 

सार्वजनिक क्षेत्रमा महिलाको सहभागीता र सामाजिक जागरणको क्षेत्रमा महिलाले निकै राम्रो काम गर्न सफल भएको जानकारी दिए। उनले संवैधानिक रुपमा महिलाका अनगिन्ती अधिकार सुनिश्चित भइसकेको र कार्यान्वयनमा केही समस्या भएको स्वीकार गरेका गरे। 

२०६३ साल जेठ १६ गते ३३ प्रतिशत महिला सहभागीता, आमा वा बुवाको नामबाट नागरिकता, महिला विरोधी कानुन खारेजलगायतका विषय समेटिएको सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको थियो। 

यही दिनको सम्झनामा यो वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन सुरु गरिएको हो। सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्रीले महिलाको विषयमा यस्तो धारणा राखेका हुन्। 

कार्यक्रममा ओलीले पत्नी राधिका शाक्यलाई आफूले सधै खुशीसाथ राखेको बताए। ‘मैले बनावटी कुरा गरेको भए सार्वजनिक रुपमा उठेर विरोध गर्न आग्रह गर्छु’, मन्चमा बसेकी पत्नीतर्फ फर्कदै उनले भने। प्रधानमन्त्री ओलीले आफू महिलाहरुलाई पुरुष सरह अधिकार दिनका लागि सदैव कटिबद्ध रहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.