प्रधानमन्त्री ओली दिल्लीमा

प्रधानमन्त्री ओली दिल्लीमा

नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन् उनी दिल्ली आएका हुन्। नेपाल एयरलायन्सको दिउँसो १.३५को नियमित उडानबाट करिब ३ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रय विमानस्थलमा उत्रेका हुन्।

प्रम ओलीलाई विमानस्थलमा स्वागतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलगायत भारतीय विदेशमन्त्रलायका सचिव(वेस्ट) गितेश शर्माले विमानस्थलमा स्वागत गरे। प्रम ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकर वैरागी लगायतको टोली रहेको छ।   

भारत सरकारको निमन्त्रणामा दिल्ली आएका ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा बस्नेछन्। समारोहमा सहभागी हुनुअघि कुनै पनि राजनीतिक भेटघाट नहुने बुझिएको छ। श्रोतका अनुसार भारतीय पक्षको स्पष्ट निर्देशन नै रहेको हुँदा पहिलो दिन कुनै राजनीतिक भेटघाट नहुने भएको हो।

ओली प्रधानमन्त्री ओलीको साँझ सात बजे हुन लागेको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन्। सोही समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग संक्षिप्त भेटघाट हुनेछ। त्यसपछि राति ९ बजेको रात्रीभोजमा सहभागी हुनेछन्।

बिमस्टेक अतिथि दिल्ली पुगिसके

भारतले निम्ता गरेका बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु आइपुगेका छन्। नेपालका प्रधानमन्त्री ओलीलगायत बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिंग, म्यानमारका राष्ट्रपति यु विन मिन्त, थाइल्याण्डका प्रतिनिधि दिल्ली पुगिसकेका छन्। त्यसैगरी मारिससका प्रधानमन्त्री र  किर्गिस्तानका राष्ट्रपति समेत दिल्ली पुगिसकेका छन्।

राष्ट्रपति भवनको फोरकोर्टमा हुन लागेको सपथ समारोह मोदीको पहिलो कार्यकालभन्दा पनि भव्यरुपमा आयोजना गरिएको छ। २०१४को समारोहमा ३ हजार ८ सय अतिथि सहभागी थिए भने यो समारोहमा ६ हजार बढी सहभागी हुने अनुमान गरिएको छ। पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह ,युपिए अध्यक्ष सोनिया गान्धी, र कांग्रेस अध्यक्ष राहुल गान्धी पनि समारोहमा सहभागी हुँदैछन्। प्रम मोदीले साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविंदबाट शपथ ग्रहण गर्नेछन्।

यस्तो छ प्रधानमन्त्रीको शुक्रबारको कार्यक्रम

शुक्रबार प्रधानमन्त्री ओली र उनका समकक्षी प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट हुनेछ। मोदीले विमस्टेकका सबै सदस्य राष्ट्रलगायत किर्गिस्तान र मोरिसस गरेर ९ मुलुकका प्रमुखलाई भेट गर्ने भएको हुँदा दुई प्रधानमन्त्रीबीच संक्षिप्त कुराकानी हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.