नेकपा एकताको एक वर्षपछि जिल्लामा शपथ

नेकपा एकताको एक वर्षपछि जिल्लामा शपथ

नुवाकोट : पार्टी एकताको एक वर्षपछि नुवाकोट र रसुवामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

नुवाकोटको विदुर र रसुवाको धुन्चेमा बिहीबार एकैदिन पार्टी पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेका हुन्। फरक-फरक कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला संयोजक, सचिव तथा सदस्यलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्। 

नुवाकोटमा संयोजक हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा र छिमेकी रुसुवामा संयोजक कन्र्याल लामा र सचिवमा इन्द्र गौतम जगतजंग रहेका छन्।

 
शाक्यले नुवाकोटमा खतिवडाद्वयसहित १ सय ४५ जनालाई शपथ गराइन्। संयोजक हिरानाथ खतिवडा प्रदेशसभा सदस्य हुन् भने सचिव नारायणप्रसाद खतिवडा प्रतिनिधि सभा सदस्य हुन्। 

नुवाकोटमा पूर्वएमालेबाट ७४ र पूर्वमाओवादीबाट ७१ गरी कुल १ सय ४५ जनाको जिल्ला कमिटी रहेको छ। छिमेकी रसुवामा पूर्वएमालेबाट ६० र पूर्वमाओवादीबाट ४० प्रतिशत गरी कुल १ सय ३५ जनाको जिल्ला कमिटी रहेको छ। 

शपथ ग्रहण कार्यक्रममा नेकपाको नयाँ कमिटी सदस्यलाई शुभकामना दिँदै प्रदेश ३ की इन्चार्ज शाक्यले नेकपाको एकताले देशमा छुट्टै तरङ्ग आएको बताइन्। 

शपथ कार्यक्रममा नेकपा प्रदेश ३ का सह–इन्चार्ज तथा पूर्वमन्त्री हितबहादुर तामाङले देशमा नेकपाको सरकार र नेकपाविरुद्ध अनेक षडयन्त्र भइरहेका कारण त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। 

नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोख्रेललगायतको उपस्थिति थियो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.