कारमा एसी चलाउने तरिका

कारमा एसी चलाउने तरिका

गर्मीमा काठमाडौंको बाटोमा कार चलाएर हिँड्दा झ्याल खोलेर हिँड्न मुस्किल छ। यहाँका बाटामा उड्ने धुलोले बिरामी नै बनाउँछ। त्यसैले कारको झ्याल बन्द गरेर हिँड्न गर्मीमा सम्भव छैन।

यस्तोमा कारमा रहेको एसीले ठूलो सहयोग गर्छ। एसीबिना गर्मीमा काठमाडौंमा कारमा यात्रा गर्नु भनेको पसिनाले भिज्नु वा धुलोले बिरामी पर्नु जस्तै हो। तर, कारमा एसी चलाएर हिँड्दा कारको माइलेज तथा पर्फर्मेन्समा कमी आउनसक्छ।

एसीको फ्यानको स्पिड घटबढले के फरक पार्छ ?

यसका लागि सबैभन्दा पहिला कारमा रहेको फ्यानको सञ्चालन मेकानिज्मबारे बुझ्न जरुरी छ। कारमा रहेको ब्लोअरको फ्यान घुमाउन इन्जिनको केही सम्बन्ध हुँदैन। यो कारमा रहेको ब्याट्रीबाट चल्ने गर्छ। अब ब्याट्रीबाट चल्ने अन्य कम्पोनेन्ट जस्तै लाइट्स तथा म्युजिक सिस्टम चलाउँदा इन्जिनमा केही पनि असर गर्दैन। त्यसरी नै ब्लोअरको स्पिड कम तथा बढी हुँदैमा इन्जिनको पावर, माइलेज तथा पर्फर्मेन्समा केही फरक पर्दैन।

एसीको टेम्प्रेचर घटबढ गरे माइलेजमा के फरक पर्छ ?

कारमा रहेको एसी सञ्चालन गर्न एसीको कम्प्रेसर चल्नु पर्छ। उक्त कम्प्रेसर इन्जिनसँग जोडिएको हुन्छ। जब हामीले एसीको बटम अन गर्छौं तब इन्जिनसँग जोडिएको बेल्टले कम्प्रेसरलाई घुमाउने काम गर्छ। जहाँ इन्जिनको पावर प्रयोग हुन्छ र हामीलाई पिकअप कम भएको महसुस हुन्छ। यस्तो अवस्थामा अन भइरहेको एसीको टेम्प्रेचर कम गरिँदा वा एसीको फ्यानको स्पिड कम गर्दा पनि केही फरक पर्दैन।

एसी अन गर्दा निरन्तर कम्प्रेसर चलिरहेको हुने भएकाले फ्यानको स्पिड कम गर्नु वा टेम्प्रेचर कम गर्नुले केही फरक पर्दैन। एसी अन गरिरहेको अवस्थामा एयर फ्लो हिटर पट्टि नै लगाएमा पनि कम्प्रेसर चलिरहन्छ मात्र एयर फ्लो हिटर कोयलबाट आउँछ तर इन्जिनको पावर भने खर्च भईनै रहन्छ।

माइलेज कसरी दुरुस्त राख्ने ?

कार गुडिरहँदा एसी चलाइएको छ भने त्यसले कारको माइलेजमा खासै फरक पर्दैन तर, कार रोकिरहँदा एसी चलाउने हो भने त्यसले इन्धन बढी खपत गर्ने गर्छ। त्यसकारण कारको माइलेजमा कमी नल्याउने हो भने रेड लाइटमा रोकिँदा वा जाममा पर्दा कारको एसी बन्द गर्नुपर्छ तर फ्यान भने खोलीराख्न सकिन्छ किनकी फ्यान ब्याट्रीले सञ्चालन गर्छ इन्जिनले होइन।

हावाको फ्लो कसरी मिलाउने

गर्मीको समयमा कारको तापक्रम चिसो बनाउन एसी चलाउँदा जहिले पनि क्याबिनमा हावाको फ्लोको सोर्स क्याबिनभित्र मात्र राख्नु पर्छ जसले गर्दा क्याबिनभित्रको हावा मात्र सर्कुलेट भइरहन्छ र तापक्रम चाँडो चिसो हुने गर्छ। तर लामो यात्रा गरिरहँदा क्याबिनभित्रको मात्र हावा सर्कुलेट गरिरहन हुँदैन। विशेषत २ वा २ भन्दा बढी व्यक्ति यात्रा गरिरहेको हो भने प्रत्येक १ घण्टामा २÷४ मिनेटका लागि हावाको फ्लो बाहिरबाट गराउनु पर्छ जसको सहयोगमा क्याबिनमा अक्सिजनकोे मात्रा मेन्टेन हुनेछ।

एसी अन गर्नुअघि यी कार्य गर्नुहोस

कारमा एसीको सबैभन्दा राम्रो रिजल्ट प्राप्त गर्न पहिला एसी स्टार्ट गर्नुपूर्व कारको फ्यान चलाएर सबै झ्याल एकछिन खोल्ने, जसले कारमा जम्मा भएको तातो हावालाई बाहिर पठाउँछ। केही समयपछि एसी अन गरेर एसीको हावाको फ्लो ड्राइभरको खुट्टा पटी लगाउनुपर्छ। जसले गर्दा चिसो हावाले तातो हावालाई धकेल्दै विस्तारै माथि हुँदै बाहिर पठाउन सजिलो हुन्छ। किनकी तातो हावा जहिले पनि माथि रहने गर्छ भने चिसो हावा सतहको तल रहने गर्छ।

यो प्रक्रिया अपनाउने हो भने क्याबिनको तापक्रम छिटो चिसो बनाउन सकिन्छ। तर सकेसम्म कारलाई पार्क गर्दा सिधा घाम नपर्ने गरी वा ओझेल परेको ठाउँमा पार्क गर्न सके कारको क्याबिनको टेम्प्रेचर छिटो चिसो बनाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.