सुरक्षित एफजीएस

सुरक्षित एफजीएस

काठमाडौं : आकर्षक डिजाइन, उच्च क्षमता तथा शक्तिशाली इन्जिन यामाहा मोटरसाइकलका विशेषता हुन्। रेसिङ डिजाइनका कारण युवामाझ याहामाका मोटरसाइकल चर्चित छन्। यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजीएस–एफआइ (भर्सन ३.०) नेपाली बजारमा सार्वजनिक गरेको छ। यामाहाको एफजीएस–एफआई तथा एफजीएस–एफआई (भर्सन २) ले ग्राहकको मन जित्न सफल भएको थियो। एफजीएस–एफआई (भर्सन ३.०)ले यसअघिका मोटरसाइकलले ल्याएको सफलतालाई पुनः प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ।

सफलतापश्चात आर–१५ भर्सन–३ भित्र्याएको हो। यसको पिछिल्लो भाग भर्सन २ को जस्तै छ। स्पोर्टी लुक्स, उत्कृष्ट माइलेज, उच्च पर्फर्मेन्सका कारण युवाको रोजाइमा यामाहाका मोटरसाइकल पर्ने गरेका छन्। एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो। एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो।

अहिले रोमाञ्चक राइडका लागि अपरिहार्य बनेको सेफ्टी फिचर ‘एबीएस’जडित शक्तिशाली यामाहा एफजीएस–एफआई भी ३.० लाई गर्वका साथ ‘दी लर्ड अफ दी स्ट्रिट’ भन्न सकिन्छ। एबीएस र फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिनले एफजीएस–एफआई भी ३.० लाई आर्थिक र वातावरणीय रूपमा १५० सीसीको सर्वोत्कृष्ट मोटरसाइकल बनाएको छ। यो नयाँ मोटरसाइकल सार्वजनिक गर्नाले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ।

इन्जिन र गियर

यसमा १४९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, २–भल्भ र एसओएचसी इन्जिन छ। जसमा ‘भेरियबल भल्भ एक्चुएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (एएन्डएस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ। यो इन्जिनले १३.२ पीएसमा ८००० आरपीएममा पावर तथा १२.८ एनएममा ६००० आरपीएममा टर्क उत्पादन गर्छ। यी प्रविधिका कारण मोटरसाइकलको इन्जिन पर्फर्मेन्स उच्च छ। यसको रेसिङ लुक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ।

मोटरसाइकलमा पाँच–स्पिडको गियर बक्स छ। यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ। यसले गियर परिवर्तन गर्दा लाग्ने शक्तिलाई न्यूनीकरण गर्छ। छोटो समयमै छिटै गियर परिवर्तन हुन्छ। बिना झन्झट गियर परिवर्तन गर्न सकिन्छ। एक सय १२ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा मोटरसाइकल कुद्छ। यसले ४० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ।

लुक्स

उत्कृष्ट डिजाइन र आकर्षक लुक्स यामाहा मोटरसाइकलको विशेषता हो। यामाहा भर्सन थ्रीको लुक्स प्रिमियम मोटरसाइकलजस्तै आक्रामक डिजाइनमा छ। भर्सन २ को तुलनामा यसको ग्राफिक्स तथा आउट–लुक परिवर्तन गरिएको छ। रेसिङ मोटरसाइकलको अनुभूति प्रदान गर्ने ग्राफिक्स छ। मस्कुलर बडी, एग्रेसिभ हेडल्याम्प, वाइडर ह्विलजस्ता विशेषताले यो मोटरसाइकलाई थप उत्कृष्ट बनाएको छ। यसमा प्रयोग गरिएको फाइबरले मोटरसाइकलाई प्रिमियर लुक्स प्रदान गरेको छ। यसले रेसिङ मोटरसाइकलको झझल्को दिन्छ।

नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ छ। ‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी ३.० मा नयाँ ‘स्पेट–अप स्टाइल’को सिंगल सिट, नयाँ एलोई ह्विल र फेन्डर समेत ‘रिडिजाइन’ गरिएको छ। त्यस्तै, टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ। त्यसैगरी, नयाँ मोटरसाइकलमा ‘कि (साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ।

उच्च भिजिविलिटीका नयाँ एलईडी हेड ल्याम छ। यामाहाले रेगुलर हेलोजिन हेडल्याम्पलाइ हटाएर एग्रेसिभ सार्प–ट्विन एलईडी हेडल्याम्प दिएको छ। उक्त हेडल्याम्पले बाइकको फ्रन्ट–लुकलाई अझ एग्रेसिभ बनाएको छ। पछिल्लो भागमा पनि एलईडी ल्याम्पको प्रयोग गरिएको छ। जसले बाइकको पछाडिको भाग पनि आकर्षक देखिएको छ। ट्विन एलईडीसहितको पावरफुल हेडल्याम्पले बाइकलाई रातिको समयमा चलाउन निकै सहज छ।

ब्रेक र टायर

मोटरसाइकल पर्फर्मेन्स र शक्तिका आधारमा जोडदार छ। यसमा एन्टी ब्रेकिङ सिस्टम (एबीएस) दिइएको छ। एबीएस जडान गरिएकाले यसको ब्रेकिङ स्टिम उत्कृष्ट छ। यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ।

मोटरसाइकलमा ट्युबलेस एलोई ह्विल छ। यसमा रहेको चौडा टायर र एबीएस प्रविधिले राइडरलाई उच्च गतिमा पनि मोटरसाइल नियन्त्रण गर्न सक्ने आत्मविश्वास प्रदान गर्छ। यसको अघिल्लो टायरको मोटाइ १००/८०–१७ पछिल्लो टायर १४०/६०–आर१७ छ।

आयाम र तौल

भर्सन थ्रीको कुल तौल एक सय ३२ किलो छ। १९९० एम लम्बाइ भएको मोटरसाइकलको चौडाइ ७७० एमएम तथा उचाइ १०३० एमएम र ह्विलबेस १३३० एमएम छ। १६५ एमएम ग्राउन्ड क्लियरेन्समा सिटको उचाइ ७९० एमएम छ। यसमा १२.८ लिटरकोे इन्धन ट्यांकी छ।

डिजिटल कन्सोल

यामाहाले भी–३ मा डिजिटल कन्सोल प्रविधि जाडन गरिएको छ। यसले राइडरलाई बाइकको अवस्थाबारे जानकारी दिन्छ। यसमा फ्युलगेज, गियर इन्डिकेटर, स्पिडोमिटर, भीभीए इन्डिकेटरजस्ता फिचरका साथै रेगुलर फिचर छन्। यसमा रहेको कन्सोलमा नयाँ फिचरको रूपमा कस्टोमाइज गरेर आफ्नो नाम सेट गर्न पनि सकिन्छ।

मूल्य र रङ

नयाँ मोटरसाइकल म्याट ब्लू, म्याट ब्ल्याक र ग्रे सायन रङमा बजारमा उपलब्ध छ। यसको प्रारम्भिक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ। भर्सन दुईको तुलनामा यसको मूल्य बढी हो। डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र एबीएस प्रविधि जडान गरिएकाले मूल्य बढी पर्न गएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.