भोल्भो पेन्टा नेपालमा

भोल्भो पेन्टा नेपालमा

काठमाडौं : भोल्भो पेन्टाको नेपालका लागि आधिकारिक विक्रेतामा एक्सप्लोर अर्थ मुभर्स प्रालि नियुक्त भएको छ। नेपालमा औद्योगिक विकास गर्न तथा मेरिनका सामग्रीले नेपालमा सेवा दिने भएको हो। सोका लागि पेन्टाले एक्सप्लोरसँग सहकार्य गरी आधिकारिक रूपमा सेवा सञ्चालन गरेको हो।

भोल्भो भारतका प्रमुख तथा उपाध्यक्ष रोन थोमसले भने, ‘भोल्भो ब्रान्ड एउटा प्रतिष्ठित कम्पनी हो, जसले पूर्ण सहयोग गर्ने अपेक्षा राखेका छौं। यसकारण हामीले नेपालमा सेवा तथा हौसला प्रदान गर्नेछौं।’ मुभर्सद्वारा सम्पूर्ण सेवा काठमाडौंबाट सञ्चालन हुनेछन् भने भोल्भोका सबै पाटर््स तथा सर्भिस ललितपुरबाट उपलब्ध हुनेछन्। कम्पनीले यसको शाखाका रूपमा छिट्टै देशका अन्य भागमा विस्तार गर्ने योजना छ।

पञ्चकन्या ग्रुपको एक्सप्लोर एउटा भोल्भो निर्माणका उपकरणको आयात गर्ने डिलरको रूपमा स्थापित नेपालको प्रसिद्ध कम्पनी हो। जसले विभिन्न किसिमका निर्माण व्यवसायका क्षेत्रमा योगदान पु¥याउँदै आएको छ।

एक्सप्लोरका प्रबन्ध निर्देशक सुशील श्रेष्ठको भने, ‘विश्वको प्रसिद्ध कम्पनी भोल्भोसँग आबद्ध भएकोमा खुसी छौं। मेरिनका सामग्रीलाई नेपालको विकासमा उपलब्ध गराउनेछौं।’ भोल्भो पेन्टा विश्वकै प्रतिष्ठित कम्पनी हो जसले विभिन्न निर्माणका उपकरण निर्यात गर्छ। यसका साथै कृषिका यन्त्रिक सामग्री, निर्माणका उपकरण, ऊर्जा उत्पादनका सामग्री, जहाजका उपकरण उत्पादन गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.