बजेट वितरणमुखी : कांग्रेस

बजेट वितरणमुखी : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले बजेट जनतामुखी नभएर वितरणमुखी भएको टिप्पणी गरेको छ। सरकारले संघीय संसद्मा बुधबार बजेट पेस गरेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले आमनागरिकमा बजेटले उत्साह नल्याउने भन्दै वितरणमुखी भएको आरोप लगाए।

प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘प्रदेश, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि काम गरिरहेका बेला सांसदलाई ६ करोड किन दिएको हो ? ’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा सासंदलाई दिइने ६ करोड दुरूपयोग हुने भन्दै कांग्रेसले त्यसको विरोध गर्ने जनाए। संसदीय निर्वाचन क्षेत्रमा यसअघि ४ करोड दिइँदै आएको रकमलाई सरकारले बजेटबाट बढाएर ६ करोड पुर्‍याएको छ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेसनिकट अर्थविद्ले बजेट छलफलमा कसरी प्रस्तुत हुने ब्रिफिंग गरेका थिए। बैठकमा यो बजेटले अर्थतन्त्र कमजोर बनाउने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन्। कांग्रेसले वृद्धभत्ता र कर्मचारीको तलब वृद्धिमा समेत असन्तुष्टि जनाएको छ। कर्मचारीको तलब वृद्धिले आर्थिक भार बढ्ने र वृद्धभत्ता वितरण वैज्ञानिक नभएको कांग्रेसको भनाइ छ। उनले तलब र वृद्धभत्ता वैज्ञानिक ढंगले बढाउन जोड दिएको छ। कांग्रेसले भनेको छ, ‘अघिल्लो बजेटले अर्थतन्त्र ५ वर्ष पछाडि धकेल्यो। यस वर्षको बजेटले १० वर्ष पछाडि पुर्‍याउँछ।’

सरकार संघीयताविरोधी

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संघीयताविरोधी भएको भन्दै त्यसको प्रतिविम्ब बजेटमा समेत देखिएको टिप्पणी गरेका छन्। बिहीबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘संघीयता कार्यान्वयनको चुनौती’ शीर्षकमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकार संघीयता सिध्याउने खेलमा लागेको आरोपसमेत लगाए। उनले भने, ‘आफ्नै पार्टीका मुख्यमन्त्री भए पनि केन्द्रीय सरकारमाथि व्यापक असन्तुष्टि मुख्यमन्त्रीबाटै आउनु दुःखद छ।’

बजेटले संघीयता प्राथमिकतामा नराखेको भन्दै उनले यसबाट द्वन्द्व निम्तिने जोखिम रहेको बताए। ‘संविधानले प्रदेशलाई दिएको अधिकारसमेत खोसेर सिंहदरबारमा केन्द्रीकृत गर्ने काम सरकारले गरिरहेको छ’, उनले भने, ‘यसको रक्षार्थ कांग्रेस सडकमा उत्रने अवस्था आएको छ।’

उपसभापति तथा प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले कम्युनिस्ट शासन प्रणाली र संघीयता परस्परविरोधी भएको भन्दै दुवै एकसाथ अघि बढ्न नसक्ने ठोकुवा गरे। उनले भने, ‘कम्युनिट संघीयता पक्षधर कहिल्यै हुनै सक्दैनन्।’ प्रधानमन्त्री केपी ओली संघीयतामा विश्वास नगर्ने भएको दाबी गर्दै उनले देश जुनसुकै बेला दुर्घटनामा पर्नसक्ने अवस्था रहेको बताए।

महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्टले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सत्ता प्राप्तिको भर्‍याङ बनाएको आरोप लगाउँदै कांग्रेसले मात्र संघीयता सफल पार्न सक्ने दाबी गरे। ‘कांग्रेसका लागि संघीयता बिश्वास हो’ खड्काले भने –‘संघीयतालाई सफल बनाउने दायित्व पनि कांग्रेसकै हो।’ राजनीतिशास्त्री तथा प्राडा. लोकराज बरालले संघीयता कार्यान्वयनका चुनौती शीर्षकमा प्रस्तुतीकरण गरेका थिए। उनको प्रस्तुतिमा डा. रुद्र शर्माले टिप्पणी गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.