व्यावसायी प्रभाकार राणाको निधन

व्यावसायी प्रभाकार राणाको निधन

काठमाडौं : पहिलो पुस्ताका उद्यमी प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि केही महिना अघि अमेरिका लगिएको थियो।

राणाको न्यूयोर्कमा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ। राणा नेपालको पहिलो अन्तर्राष्ट्रिय होटल सोल्टी (क्राउन प्लाजा) संस्थापक अध्यक्ष हुन्। 

पर्यटन, जलविद्युत् तथा सवारीसाधन व्यावसायमा संलग्न थिए। सूर्य इन्टरप्राइजका समेत अध्यक्ष रहेका राणा, अमेरिकन हिमायलन फाउण्डेसन र ग्लोबल मेम्बर अफ इन्टरनेशनल काउन्सिल अफ एसिया सोसाइटी, न्यूयोर्कका ट्रष्टी समेत थिए। सूर्य इन्टरप्राइजेज, हिमालयन गोदरिक, सूर्य टोबाको, हिमालयन इन्छरनेशनल पावर कर्पोरेसन, सिप्रदी ट्रेडिङ उनका सफल व्यवसाय हुन्।

स्वर्गीय राणा हेरिटेज सोसाइटी नेपालका संस्थापक अध्यक्ष समेत हुन्। राणालाई अभूतपूर्व नेतृत्व तथा सोचको सम्मान गर्दै नेपाल उद्योग वाणिज्य महासंघले सन् २०१३ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो। दिवंगत राणाको परिवारमा छोरा सिद्धार्थ राणा, बुहारी निलिमा र छोरी माया छन्। प्रभाकर राणा नर शमशेरका छोरा र राणा प्रधानमन्त्री जुद्ध शमशेरका नाति हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.