लुम्बिनीमा बजेट अपुग

लुम्बिनीमा बजेट अपुग

भैरहवा : लुम्बिनी विकास गुरुयोजनाका लागि सरकारले विनियोजन गरेको बजेट अपुग देखिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा बजेट भाषणका क्रममा गुरुयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरिएको बताएका थिए। यो बजेटबाट काम गर्न कठिनाइ हुने कोषका लेखा अधिकृत भिम बस्नेतले बताए। यसले कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह, नवलपरासीको रामग्राम र अन्य क्षेत्रमा पनि पु¥याउनुपर्र्ने उनको भनाइ छ।

गुरुयोजनाअन्तर्गत १६ वटा पूर्वाधारका काम बाँकी छन्। त्यसलाई सम्पन्न गर्न ६ अर्ब आवश्यक रहेको कोषले बताउँदै आएको छ। बाँकी ५ अर्बका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको उनले सुनाए। परामर्शदाताले डिटेल ड्रोइङ, डिजाइन तथा लागत खर्च निकालेपछि बहुवर्षीय ठेक्का स्वीकृत गराउने तयारी छ। ठेक्का स्वीकृतिपछि लुम्बिनीको बाँकी काम सम्पन्न हुने उनले बताए। ४० वर्षभन्दा अघि केन्जो टांगेले तयार पारेको गुरुयोजनाको काम ८२ प्रतिशत सम्पन्न भएको छ। अब तीन वर्षभित्र सम्पन्न गर्ने कोषको लक्ष्य छ। सरकारले लुम्बिनीका नाममा अर्बौं अनुदान भित्याउने गरे पनि यो ठाउँको विकासमा ध्यान नदिएको स्थानीयको गुनासो छ।

अर्थमन्त्री खतिवडाले बुद्धसँग सम्बन्धित स्थल तिलौराकोट, लुम्बिनी, देवदह र रामग्रामलाई समेटेर एकीकृत लुम्बिनी विकास गुरुयोजना तयार गर्ने पनि बताएका थिए। उनका अनुसार लुम्बिनी र कर्करहवा सडकका लागि बजेट व्यवस्था गरिएको। कर्करहवा लुम्बिनी सीमा क्षेत्र हो।

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ करोड

गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ। आगामी वर्षदेखि अन्तर्राष्ट्रिय उडान भर्ने गरी सञ्चालनमा ल्याइने अर्थमन्त्री खतिवडाले बताए। यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दा भारतको हवाई रुट प्रयोग गर्नुपर्ने हुन्छ। जुन अझै भारतले अनुमति दिएको छैन। विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। गत साता मात्र ३ हजार मिटर रनवेलगायत काम सम्पन्न भइसकेको छ।

बजेट कार्यान्वयनमा आशंका

यहाँका उद्योगी÷व्यवसायीले नयाँ बजेट स्वागतयोग्य रहे पनि कार्यान्वयनमा आशंका गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बजेट स्वागतयोग्य भने रहेको प्रतिक्रिया दिए। ‘गत वर्षको बजेट पनि राम्रो थियो तर कार्यान्वयन भएन’, उनले भने, ‘त्यस्तै आगामी वर्षको बजेट पनि राम्रै छ। तर, कार्यान्वयन पक्ष विगतजस्तै फितलो हुनेमा हाम्रो आशंका छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.