तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत अध्ययन सुरु

तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत अध्ययन सुरु

दमौली : तल्लो सेती जलविद्युत आयोजनाका लागि विस्तृत अध्ययन थालिएको छ।१ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको पानी उपयोग गर्ने गरी उक्त आयोजनाको अध्ययन सुरु गरिएको हो।

आयोजनाको विस्तृत अध्ययनका लागि नियुक्त भारतको कक्स इण्डिया र जापानको निक्कोन कम्पनीले अध्ययन थालेका छन् ।सुख्खा याममा विद्युत अभावका बेला जलाशयको पानी उपयोग गरेर विद्युत निकाल्ने गरी आयोजना निर्माण प्रक्रियामा छ 

झण्डै ५० अर्ब लागत पर्ने आयोजना उर्जा संकट अन्त्यका लागि उपयोगी भएपनि लागतका हिसाबले महँगो देखिएकाले उत्पादन लागत घटाउने उद्देश्यले सहायक आयोजना निर्माण गर्ने निष्कर्षमा नेपाल विद्युत प्राधिकरण पुगेको हो। 


तनहुँ जलविद्युत आयोजनाका लागि गठित तनहुँ हाइड्रोपावर कम्पनीले नै तनहुँ जलविद्युत निर्माण भएपछि तल्लो सेती पनि निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए। 'तनहुँ जलविद्युतकै सहायक आयोजनाका रुपमा सञ्चालन गर्दा फाइदा हुने सर्भेले देखाएकाले विस्तृत सम्भाव्यता अध्ययन थालेका हौं,' उनले भने।

तनहुँ जलविद्युतको लागत बढी पर्ने भएकाले सर्वसाधारणका लागि शेयर ननिकाल्ने कम्पनीको योजना छ। तर सोही आयोजनाको विद्युत गृहबाट निस्केको पानीबाट करिब तीन सय मिटर तल विद्युत गृह निर्माण गरेर एक सय चार मेगावाट विद्युत निकाल्न सकिने अध्ययनले देखाएको थियो।

त्यसलगत्तै कम्पनीले तनहुँ जलविद्युतसँगै तल्लो सेती पनि सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न दातृ निकाय एसियाली विकास बैंकले ३.३ मिलियन अनुदान दिएको छ। सोही रकमबाट विस्तृत अध्ययन र डिजाइन तयार पार्ने लक्ष्य आयोजनाको छ।'तल्लो सेती बनेमा कम्पनी पनि फाइदामा जाने र सर्वसाधारणले लगानी गर्ने इच्छा पनि पूरा हुनेछ,' थिकेले भने, 'हामी सम्भव भएसम्म कम लागतमा बन्ने गरी काम थाल्नेछौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.