रेडियो अर्थात् बेतार

रेडियो अर्थात् बेतार

प्रविधिका कारण मोबाइलमा रेडियोको पनि सुविधा थपिएको छ। त्यसैले रेडियो मात्रै बोक्ने चलन हराएको छ। सन् १८९५ मा इटालियन वैज्ञानिक मार्कोनीले विद्युतीय तारबिना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको अविष्कार भएको थियो। रेडियो प्रविधिलाई वायरलेस अर्थात् बेतार भनिन्थ्यो।

सन् १९०१ मा माकोर्नीले रेडियो संकेतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाए। त्यसपछि रेडियो प्रविधि विश्वमा फैलियो। औपचारिक रूपमा भने रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२० मा भएको थियो। सोही दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो।

नेपालमा रेडियो

यसै क्रममा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनी स्थापना भयो। यो कम्पनी सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो। नेपालमा अप्रिल सन् १९५० अर्थात् २००७ चैत २० देखि काठमाडांैमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो। यसै रेडियोलाई पछि रेडियो नेपाल नामकरण गरियो।

नेपालमा सरकारी स्तरबाट प्रसारण आरम्भ गरियो। यसको झन्डै ५० वर्षपछि गैरसरकारी क्षेत्रमा एफएम प्रविधि प्रयोग गरी रेडियो प्रसारण गर्न इजाजत दिने काम सुरु भयो। २०५४ सालमा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैरसरकारी रेडियो स्टेसन हो। एफएम रेडियो अहिले पनि खुल्ने क्रम जारी छ।

रेडियोमा काम गर्ने पत्रकार तथा अन्य कर्मचारीलाई रेडियोकर्मी भनिन्छ। नेपालमा रेडियोकर्मीको संख्या करिब पाँच हजार भएको अनुमान छ। पछिल्लो समयमा रेडियोका प्राविधिक, प्रस्तोता सबैलाई पत्रकार भनेरसमेत परिभाषित गरिएको छ।

२००७ साल मंसिर २८ गते बिहान साढे ८ बजे एकाएक एउटा प्रसार सुनियो, ‘यो नेपाल प्रजातन्त्र रेडियो हो। हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छांै।’ यो नै नेपाली रेडियोकर्मीले बोलेको पहिलो आवाज हो। नेपाली भाषामा रेडियो नेपालमा प्रथम समाचारवाचक तारणीप्रसाद कोइराला हुन्। उनलाई नेपालको पहिलो रेडियोकर्मी भन्न सकिन्छ। त्यस्तै गजाधरभक्त माथेमा, कवि फणिश्वरनाथ रेणु (हिन्दी), विजयालक्ष्मी (बीपी कोइरालाकी बहिनी) सुरुआती दिनका अन्य रेडियोकर्मी हुन्।

पहिलो समाचारवाचक

रेडियो नेपालले २०५४ भदौ १ बाट विभिन्न भाषामा समाचार प्रसारण गरिरहेको छ। मधुसूदन देवकोटा (अंग्रेजी), राजेन्द्रकुमार गुप्ता (हिन्दी), हरि श्रेष्ठ (नेवारी), डा. चन्द्रेश्वर साह (मैथिली) भाषाका पहिला समाचारवाचक हुन्। त्यस्तै रमिता लामा (तामाङ), हर्क आलेमगर (मगर), बालकृष्ण माबुहाङ (लिम्बू), चन्द्रकला राई (बान्तवा), गोविन्द गुरुङ (गुरुङ), भूदेव भगत (पूर्वीय थारू), नेमासिंह थारू (पश्चिमा थारू), भाषाका पहिला समाचारवाचक हुन्। दिग्विजय मि श्र (अवधी), राकेश सिंह (भोजपुरी), अलका आत्रेय (संस्कृत), ङवाङ होसेर लामा (शेर्पा) तथा महमद अली उल्लाह (उर्दु) भाषाका पहिलो समाचारवाचक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.