राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टका अनुसार ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी पटवाल प्रशिक्षकमा नियुक्त भएका हुन्।

पटवालकाे पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराउने छ।  ‘पटवाल नेपाल आइसकेका छन् । उनको पारिश्रमिक पनि आईसीसीले नै उपलब्ध गराउने छ’, सदस्यसचिव बिष्टले अन्नपूर्णसँगको कुराकानीमा भने।

सदस्यसचिव बिष्टले राखेपले प्रशिक्षक उपलब्ध गराउनका लागि आईसीसीसँग अनुरोध गरेको थियो। सोही अनुसार आईसीसीले पटवाललाई प्रशिक्षकका रुपमा पठाउने निर्णय गरेको हो।

‘हामीले आगामी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई ध्यानमा राखी आईसीसीसँग प्रशिक्षकको माग गरेका थियौं’, बिष्टले भने, ‘पटवालको पारिश्रमिक आईसीसीले राखेपको खातामा पठाउने सहमती भएको छ।’  

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.