अब कम्युनिस्ट र कांग्रेसले विश्राम लिनुपर्छ : बाबुराम

अब कम्युनिस्ट र कांग्रेसले विश्राम लिनुपर्छ : बाबुराम

भैरहवा : समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भटट्राईले अब कम्युनिस्ट र कांग्रेसले राजनीतिबाट विश्राम लिनुपर्ने बताएका छन्।  शुक्रबार भैरहवामा आयोजित प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रलाई सम्बोधन गर्नुपूर्व पार्टीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘अब कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीले मुलुकका लागि केही गर्न सकदैनन’, बाबुरामले भने, ‘अब यी पार्टीले विश्राम लिनुपर्छ।’  ‘मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार भएपनि जनतालाई केही दिन सकेन’, उनले भने, ‘यसैकारणले हाम्रो पार्टी संघीयता, सुशासन, सम्बृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिको रुपमा आएको हो।’

बाबुरामले सरकारबाट मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै दुई तिहाई सरकारले ल्याएको दुई वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने दाबी गरे।

एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकाले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम हुन नसकेको उनको भनाइ छ। बुढीगण्डकी, बाइडबडी, ललितानिवास जग्गा जस्ता काण्डले पनि त्यसको पुष्टी गरेको उनको भनाइ छ। जनताले न्यायको अनभूति  गर्न नसकेको आरोपसमेत उनको छ।

निर्मला पन्त प्रकरणलगायत उदाहरण दिँदै उनले सरकारले मुलुकमा शान्ति सुरक्षासमेत कायम गर्न नसकेको आरोप लगाए। प्रशासनिक पुर्नसंरचना नहुदाँसम्म जनताले संघीयताको प्रत्याभूति गर्न नसकेको बताउँदै उनले संघीयता कमजोर बनाउन सरकारले संविधान विपरीत प्रदेश र स्थानीय सरकारको अधिकारसमेत खोसेर केन्द्रिकरण गरेको आरोप लगाए।


उनले संविधान संसोधनका लागि पार्टी सरकार रहेको बताउँदै संविधान संसोधन नभए सरकारबाट बाहिरिएर सडक र सदनबाट संर्घष गर्ने बताए।  भारतमा नयाँ सरकार गठन भएकाले चासो हुनु स्वाभाविक विषय भएको उल्लेख गर्दै अगामी दिनमा नेपाल भारतको सम्बन्ध सुमधुर हुने बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.