बजेटमाथि अधुरा सपनाको भारी बोकाइयो : प्रवक्ता शर्मा

बजेटमाथि अधुरा सपनाको भारी बोकाइयो : प्रवक्ता शर्मा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमाथि अधुरा सपनाको भारी  बोकाइएको बताएका छन्। सरकारद्वारा प्रस्तुतआर्थिक वर्ष २०७६–७७ को बजेटमाथि टिप्पणी गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यसो बताएका हुन्।

'सरकारको पहिलो बजेटले छोडेको अलमल, अलपत्र योजना  र अधुरा सपनाहरूको भारी दोस्रो बजेटमाथि बोकाइएको छ' उनले भने,'परिणाम पनि कपीपेस्ट तरिकाले आउँदैन भन्न सकिने भन्ने अवस्था रहेन।'

सरकार दुई तिहाइको हुनु र नहुनुमा कुनै अर्थ नरहेको समेत प्रवक्ता शर्माले टिप्पणी गरे। 'सानो बजेट ल्याउने र त्यसलाई पनि खर्च गर्न नसक्ने अवस्थालाई मुक्त गर्ने क्षमता सरकारले प्रस्तुत गर्न सकेन' उनले भने,'यसबाट सरकार दुई तिहाइको हुनु र नहुनुमा कुनै अर्थ रहेन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.