स्कुल बसको ठक्करबाट सिरहामा एक जनाको मृत्यु

स्कुल बसको ठक्करबाट सिरहामा एक जनाको मृत्यु

सिरहा : चोहर्वा–सिरहा सडकखण्डको नरहा गाउँपालिका–५मा बस दुर्घटना हुँदा ३७ वर्षे रहमान खानको मृत्यु भएको छ। दुर्घटनामा ३६ वर्षे अन्जार खान घाइते भएका छन्।

 
सिरहाबाट चोहर्वातर्फ आइरहेको बा १ ख ६८८५ नम्बरको स्कुल बसले स ७ प ९७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय जनाएको छ।ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी बस्ने अन्जार घाइते भएका थिए।

गम्भीर घाइते रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  बस चालक फरार भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.