तस्बिरमा दिल्लीबाट फर्किएका प्रधानमन्त्रीको स्वागत
तस्बिर : अशाेक दुलाल
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ स्वदेश फर्किएका छन्।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका मोदीको शपथ समारोहमा सहभागी हुन् प्रधानमन्त्री ओली बिहीबार दिल्ली पुगेका थिए। बिहीबार साँझ आयोजित विशेष शपथ समारोहमा सहभागी भएका ओलीले शुक्रबार दिउँसो मोदीसँग भेटवार्ता गरे।
मोदीसँगको भेट लगत्तै भारतीय केही नेतासँग भेटवार्ता गरेका प्रधानमन्त्री ओली शुक्रबार नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै सुरक्षा निकायका प्रमुखसँगै उच्च पदस्थ सरकारी अधिकारी विमानस्थल पुगेका थिए।