फिल्ममा प्रहरी-पीडा

फिल्ममा प्रहरी-पीडा

काठमाडौं : कलिउडका ‘ह्यान्डसम भिलेन’ अनुपविक्रम शाही ‘कप्स’ फिल्ममा नायकको रूपमा देखिँदैछन्। उनी फिल्ममा डीएसपी अमन सिंहको भूमिकामा देखिने भएका हुन्। शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्म अन्य दुई फिल्मसँगै मैदानमा उत्रन लागेको हो।

‘कप्स’ सत्य सेवा सुरक्षणम्बाट निर्देशनमा डेब्यु गरेका कलाकार सम्राट सापकोटा आफू मैदानमा उत्रन तयार रहेको बताउँछन्। भन्छन्, ‘युद्ध मैदानमा एक्लै कहिल्यै पाइला टेकिन्न। कि आफू पराजित हुने हो कि अरूलाई पराजित गर्ने हो।’ कप्स अन्य फिल्मसँग जुध्न तयार रहेको उनको आशय थियो।

कप्स विशुद्ध काल्पनिक कथा हो। फिल्मको टे«लर र पोस्टर बलिउडबाट प्रभावित देखिए पनि सापकोटाले यो नेपालको माटोसँग जोडिएको फिल्म भएको दाबी गरे।

पछिल्लो समय प्रहरीको छवि धमिलिएको अवस्थामा फिल्म कप्सले पुलिस पात्रलाई हिरोको रूपमा अगाडि सारेको छ। फिल्म राजनीतिक र सत्तापक्षबाट निर्देशित भएको आकलन पनि हुन थालेको छ। तर आफू कसैबाट निर्देशित र प्रभावित नभएको निर्देशक सापकोटा प्रस्ट्याउँछन्। भन्छन्, ‘यो काल्पनिक कथा हो। दर्शकलाई मनोरञ्जन दिन बनाइएको हो।’

फिल्म पुलिस, पब्लिक र पोलिटिक्ससँग जोडिएको समेत उनी बताउँछन्। भन्छन्, ‘कप्सले नेपालको वर्तमान सुरक्षा अवस्था देखाएको छ। साथै प्रहरीलाई जनताको रक्षक देखाएर कप्सले जनमानसमा प्रहरीप्रति सकारात्मक भावको सञ्चार गर्ने देखिन्छ।

सापकोटाले फिल्मको स्क्रिप्ट नायक अनुपविक्रमलाई सोचेर तयार पारेका थिए। रियल लाइफमा आर्मी बन्न चाहेका नायक अनुपविक्रम पुलिसको भूमिकामा फिट देखेको सापकोटा बताउँछन्।

फिल्म उद्योगका पुराना कलाकार सापकोटालाई अभिनय गर्नुभन्दा निर्देशन गर्न कठिन भएको अनुभव रह्यो। भन्छन्, ‘अभिनयमा आफूलाई ध्यान दिए पुग्छ तर निर्देशनमा ससाना कुरामा ध्यान राख्नुपर्ने हुन्छ।’ फिल्म निर्देशनमा ढिलो हात हालेका उनीसँग थुप्रै नाटक निर्देशन गरेको अनुभव छ। उनले ‘समय’ नाटकबाट उत्कृष्ट निर्देशकमा राष्ट्रिय अवार्डसमेत हात पारिसकेका छन्। ‘आफ्ना अनुभवहरूले फिल्म निर्देशन गर्न सक्ने आत्मबल दिएको हो,’ उनी भन्छन्।

कमेडी जनराको फिल्म चलिरहेको समयमा विशुद्ध एक्सन फिल्म मैदानमा उतारेर उनले चुनौती मोलेका छन्। तर चुनौतीपूर्ण काम गर्न आफूलाई मजा लाग्ने उनी बताउँछन्।

सम्राट सापकोटाको लेखन र निर्देशन, राम शाक्यको लगानीमा तयार भएको यो फिल्ममा नवनायिका सन्दीपा लिम्बूले डेब्यु गरेकी छन्। फिल्ममा अनुप र सन्दीपाका साथमा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्यान्ङ्तान, सुन्दर श्रेष्ठलगायत कलाकारको अभिनय छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.