मिर्गौलाका बिरामीको खानपान

मिर्गौलाका बिरामीको खानपान

रश्मि बजिमय श्रेष्ठ

मिर्गौलाका हजारौं बिरामी डायलाइसिस (कृत्रिम तरिकाले रगत सफा गर्ने विधि) अपनाएर बाँचिरहेका छन्। मिर्गौला बिग्रेको अवस्थामा के खान हुन्छ के हुँदैन भन्ने विषयमा धेरै जनामा भ्रम पैदा भएको छ।

मिर्गौलाका बिरामीलाई पनि सन्तुलित आहार आवश्यक पर्छ। तर, उनीहरूको शारीरिक र रोगको अवस्थाअनुसार खानपिनमा हेरविचार गर्नुपर्ने हुन्छ।

 

बिरामीको उचाइअनुसार शारीरिक तौल हुनुपर्छ। उनीहरूलाई आवश्यक हुनेजति तागतिलो खाना नखाए बिरामी दुब्लाउँदै जाने र कुपोषित हुन्छ। वजन घट्दा रोग प्रतिरोधात्मक क्षमता ह्रास हुँदै जान्छ र संक्रमणको जोखिम हुन्छ।

 

सामन्यतया मिर्गौलका बिरामीले केही तरकारी तथा फलफूलबाहेक सबै खाना परिवारका अन्य सदस्यसरह खान मिल्छ। अन्न समूहका खानेकुरा – चामल, उवा, मकै, कोदो, फापर,जौ आदिको परिकार खाँदा राम्रो हुन्छ।

कतिपय बिरामी दूध, दही, माछामासु खानै हुँदैन भन्ने सोच्छन्। यो भ्रम हो। माछामासु पनि खानै नमिल्ने भन्ने छैन। कुखुराको मासु वा माछा खान मिल्छ। अन्डाको सेतो भाग खाँदा फाइदा हुन्छ।

मिर्गौलाका बिरामीले थोरै तर धेरै पटक खानुपर्छ। एकैचोटि पेटभरि टन्न खानु हुँदैन। प्रायः सबै मिर्गौलाका बिरामीको रगतमा फस्फोरस बढी भई छाला सुक्खा हुन्छ। यसो भएको खण्डमा उनीहरूले जिउ चिलाएको गुनासो गर्छन्। तसर्थ उनीहरूले फस्फोरस बढी हुने खानेकुरा – बाक्लो दूध, हड्डी, बदाम काजुजस्ता खानेकुरा खानु हुँदैन। उचित मात्रामा चिल्लो खानुपर्छ। तर, तेल खारेर पकाइएका पुरी, सेल, दुनोट, समोसा आदि भने खानु हुँदैन।

बिरामीले पोटासियम कम भएको तरकारी÷फलफूल खानुपर्छ। मेथीको साग, घिरौंला, चिचिन्डा, लौका, स्कुस ,परवल, काँक्रो, बकुल्ला, मटरकोसा, गाँठ गोभी, हिउँदे सिमीमा पोटासियमको मात्रा न्यून हुन्छ। यी तरकारीलाई साधारण तरिकाले पकाएर खान सकिन्छ। तरकारीमा नुन, मसला र बेसार कम राखेर पकाउनुपर्छ।

के खाने ?

– भात वा रोटी

– चिया चम्चाले कम्तीमा तीन चम्चा तेल

– तर निकालेको दूध

– अन्डा

– दही

– पनिर

– तोफु

– कुखुराको मासु÷माछा

खाजा

– चिउरा

– उसिनेको÷भुटेको मकै

– कर्नफ्लेक्स

– साबुदाना

– चाउमिन

– सुजीको हलुवा

– फापर÷कोदोको रोटी

– सातु

– आधा गिलास दही

– अम्बा

– स्याउ

– नासपाती

– भुइँकटहर

– मेवा

 

के नखाने ?

– मद्यपान÷धूमपान

– चिसो पेय पदार्थ (कोक, पेप्सी, एनर्जी ड्रिंक आदि)

– प्याकेटको सुप

– रेडिमेड अचार

– बट्टामा बन्द गरिएका खाद्य पदार्थ

– नुनिलो बिस्कुट, चिप्स, चाउचाउ

– चिजबल्स, क्रेकर, दालमोठ

– काजु, किसमिस, बदाम, पेस्ता

– रातो खुर्सानी, चुक, सुकाएको फलफूल

– हर्लिक्स, बर्नभिटा, भिभा

– खसी, राँगा, बंगुरको मासु

– कलेजो, मुटु (भित्री मासु)

– पालुंगो, लट्टेको साग

– तामा, गुन्द्रुक, सिन्की

– कडा मसला

झोल पदार्थ

मिर्गौलाका धेरै बिरामीमा पिसाबको मात्रा कम हुने हुन्छ। पिसाब कम हुने बिरामीले पानी तथा झोलिलो खाना कम खानुपर्छ। नत्र शरीरमा पानी जम्मा हुन गर्ई शरीर सुन्निने हुन्छ।

तर, पिसाब राम्रो मात्रामा भइरहेको छ भने पानी तथा झोलिलो खानेकुरा खान सकिन्छ।

(मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत बजिमय डाइटिसियन हुन्)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.