किन गन्हाउँछ सास?

किन गन्हाउँछ सास?

तपाईंसँग गफ गरिरहेको बेला कसैले मुन्टो बटार्छ भने सम्झनुस्, तपार्इंको सास गन्हाएको पनि हुन सक्छ। अरूसँग हाँस्दा र बोल्दा नै सास गन्हाउन थाल्यो भने कोही पनि नजिकिन चाहँदैन। सास गन्हाउनु अस्वस्थताको संकेत हो।

आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू पनि छन्। त्यस्तै कतिपय आफ्नो सास गन्हाएको थाहा पाएर पनि चिन्ता नगर्नेहरू हुन्छन्। अहिले गिजासम्बन्धी रोग, दाँतमा कीरा लाग्ने र पछि सास गन्हाउने समस्या लिएर आउने बिरामी बढ्दै गएका छन्।

किन गन्हाउँछ ?       

मुख वा नाकबाट मन नपर्ने गन्ध आउने अवस्थालाई हेलिटोसिस, ब्याड बे्रथ वा सास÷मुख गन्हाउने रोग मानिन्छ। सास गन्हाउने अवस्था आफैंमा रोग होइन। शरीर तथा मुखमा भएका रोगहरूको लक्षण वा औषधिको असरले पनि सास गन्हाउन सक्छ। सास गन्हाउने अवस्थाले अन्य रोगहरूको जानकारी दिन्छ। ‘मुख शरीरको ऐना हो’ भन्ने भनाइलाई चरितार्थ पनि गर्छ।

सामान्य अवस्था

बिहान उठ्नासाथ, भोकै बसेको बेला, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तै चिया, कफी, मकै, प्याज, लसुन, रक्सी, बोसो, भुटेको खाना, धूम्रपानी, बच्चा तथा बूढापाका, दा“तको जरामा तथा भर्नमा प्रयोग भएको सिमेन्ट, राख्ने–निकाल्ने खालको नक्कली दा“ँत लगाएरै सुत्ने, नाकको सट्टा मुखबाट सास फेर्ने, नमिलेका कृत्रिम दा“ँत लगाएको आदि अवस्थामा सास गन्हाउँछ।

रोगसँग सम्बन्धित अवस्था

मुख, दा“त तथा घा“टीस“ग सम्बन्धित रोगहरूका कारण पनि सास गन्हाउँछ। दा“त कीराले खाएको, दन्तहर्षा, पाइरिया, दा“त छिचरा भएको, जिब्रो खस्रो र बाक्लो भएको, दा“ँत नमिली बसेको, मुखमा भएका घाउखटिरा, संक्रमण तथा दा“त निकालेपछिको घाउ, पिनास, टन्सिलाइटिस, घा“टी दुख्ने, नाक तथा घा“ँटीको क्यान्सर हुँदा पनि सास गन्हाउँछ।

शरीरका प्रणालीसँग सम्बन्धित रोग

फोक्सो, कलेजो, मिर्गौला, पाचनसम्बन्धी रोग, पीडायुक्त मासिक स्राव, चिनीरोग, ज्वरो, रगतसम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियत आदि भए पनि सास गन्हाउँछ।

औषधिको प्रयोग

एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिक र मानसिक रोगका दबाई प्रयोग गर्दा पनि सास गन्ध आउँछ।

थुक कम आउने अवस्था

थुक निकाल्ने ग्रन्थीहरूको रोग, क्यान्सरको उपचार, केही औषधिहरूको प्रयोगमा थुक कम आई सास गन्हाउँछ।

थाहा पाउने तरिका

रुघा लागेको छैन र नाक ठीक छ भने आफ्नो हातलाई मुख अगाडि राखेर त्यसमा सास फेर्नुहोस्। हातमा ठोक्किएर फर्केको सासलाई नाकले तान्नुहोस्। सास गन्हाएको वा नगन्हाएको, आफ्नो अति नजिकका व्यक्ति पतिपत्नी, दाजुभाइ, दिदीबहिनी र सहपाठीसँग सोधेर पनि थाहा पाउन सकिन्छ।

आफूप्रति अरूको व्यवहार हेरेर र मनन गरेर पनि थाहा पाउन सकिन्छ। तपार्इंको सास गन्हाएको अवस्थामा नजिकमा बसेका व्यक्तिहरूले अनुहार बिगार्ने, अलि पर सर्ने र बस्न खोज्ने, ध्यान नदिने र नाक पुछे जस्तो गरी नाक थुन्ने गर्न सक्छन्।

त्यस्तै ब्रेथ एनालाइजर, अस्मोस्कोप, ग्यास क्रोमाटोग्राफी, टाइट्रालग जस्ता उपकरणहरूको प्रयोग गरेर पनि सास गन्हाएको थाहा पाउन सकिन्छ। सास गन्हाउने अवस्था रहेछ भने मुख वा नाक केबाट हो भनेर पत्ता लगाउनुपर्छ। दस सेकेन्डका लागि ओठ र नाक दुबै बन्द गराउनुपर्छ। त्यसपछि ओठ बन्द नै राखेर नाक मात्र खोल्न लगाउनुपर्छ। सास गन्हाएको छ भने सास गन्हाउने नाक अर्थात् फोक्सोबाट भइरहेको छ भनी पत्ता लाग्छ। ओठ खोल्दा सास गन्हाएमा मुखबाट गन्ध आएको भनि बुझ्नुपर्छ।

यसरी जोगिनुस्

सास गन्हाउने अवस्था हटाउन चुइनगम, मिन्ट, फ्य्रागरेन्ट डेन्टिफ्राइस, डियडरेन्ट, माउथवास, ल्वाङसुकुमेल र स्प्रे प्रयोग गरेको पाइन्छ। अस्थायी उपचारले कम भएको जस्तो भ्रम परे पनि रोग भित्रभित्रै बढ्दै जान सक्छ। थप जटिलता उत्पन्न हुन गई उपचार नै हुन नसक्ने रोग लाग्ने जोखिम हुन सक्ने भएकाले समयमै विशेषज्ञ परामर्श लिनु राम्रो हुन्छ।

डा. बुढाथोकी न्याम्स वीर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन हुन्


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.