एकता हुँदाको सहमतिलाई गलत ब्याख्या गरियो : प्रचण्ड
धरान : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्।शनिबार सुनसरीको धरानमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको कुरा मिडियाले अतिरन्जित बनाएको आरोप लगाए।
दाहलले प्रधानमन्त्री केपी ओली र आफूमा कुनै विवाद नभएको दाबी गरे। पर्टी एकता हुँदा भएको सहमतिलाई गलत ब्याख्या गरिएको उनको ठहर छ । दाहाले ५ वर्ष नै ओली प्रधानमन्त्री हुनसक्ने र फेरबदल भए दुबैको सहमतिमै हुने बताए।
शुशासन र समृद्धि सरकारको पहिलो प्राथमिकता रहेको रहेको भन्दै उनले जनताका गुनसालाई सरकारले सम्बोधन गर्ने धारणा व्यक्त गरे। पार्टीको गुट दुई अध्यक्ष मिलेर अन्त्य गर्ने दाहालले दाबी गरे ।