यार्सा पाटनमा तीन जनाको मृत्यु

यार्सा पाटनमा तीन जनाको मृत्यु

डोल्पा  : डेल्पाको पाटनामा यार्सा संकलन गर्न तीन जनाको ज्यान गएको छ। २ जनाको लेख लागेर र एक जानाको लडेर ज्यान मृत्यु भएको हो।  ठुलीभेरीनगरपालिका–११ रहकि करिब ३८ वर्षीय बुुद्धि कार्कीको भीरबाट लडेर मृत्यु भएको छ।  दुईजनाको शे–फोक्सुण्डो गाउँपालिकाको पेरीकोप्पा भन्ने पाटनमा लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीकाअनुसार लेक लागेर मृत्यु  हुनेमा जाजरकोट बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण बिक र जाजरकोट जिल्लाकै २२ वर्षका रमेश चलाउने रहेको प्रहरीले जानकारी दिएको छ। कृष्ण विकको उपचारका क्रममा सदरमुकाम ल्याउँदै गर्दा फोक्सुण्डो तालको रिग्मो गाउँमा मृत्यु भएको थियो। 

 यार्सा संकलनका लागि खुलेको एकसातामा ५ जनाको ज्यान गइसकेको छ। यसअघि यार्सा संकलन अगाबै जुम्लाका २ जनाको मृत्यु भएको थियो।  पाटनमा यस वर्ष हिउँ धेरै भएको र बस्न कठीन भएकोले लेक लाग्ने गरेको यार्सा संकलनमा गएकाहरु बताउछन। लेक लाग्ने समस्याका कारण यार्सा संकलनमा गएकाहरु फर्कने क्रम बढेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। 

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्लाका ८ यार्सा पाटन स्वास्थ्य शिविर राखेको भएपनि हालसम्म ५ जनाको ज्यान गएको हो। अघिल्ला वर्षका तुलनामा यसवर्ष लेक लाग्ने समस्या बढेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। 

लेक लागेर विभिन्न पाटनहरुमा बिरामी भएको हुन सक्ने आशंका गरिएको छ। अघिल्ला वर्षका तुलनामा यस वर्ष लेख लाग्ने समस्या बढि रहेकोले निकै चुनौती बढिरहेकोे प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। 

प्रजिअ केशरीकाअनुसार विभिन्न पाटनमा अक्सिजन पठाएको र तत्काल ती क्षेत्रमा क्षेत्रमा डक्टरको टोलीसहित पठाउनको लागि पहल भइरहेको बताए। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्रका पाटनहरु १३ गते नै खुला गरेपनि वन कार्यालय अन्तरगतका सामुदायिक वनहरु भने अझै खुलेका छैनन्।

उक्त वनहरु २० गते भन्दापछि खुला गरिने सामुदायिक वनका अध्यक्षहरुले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.