प्रधानमन्त्री शासक बने : नेता पौडेल

प्रधानमन्त्री शासक बने : नेता पौडेल

सुर्खेत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली शासक बन्न खोजेको आरोप लगाएका छन्। जनमतको दुरुपयोग गर्दै प्रधानमन्त्री ओलीले शक्ति केन्द्रित गर्न थालेको र शासक बन्न लागेको पौडेलको आरोप छ।

वीरेन्द्रनगरस्थित कांग्रेस पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता पौडेलले वर्तमान कम्युनिस्ट सरकार तानाशाही बन्दै गएको आरोप लगाएका हुन्। ‘संघीयता र संविधानविपरित सरकार चलेको छ’, नेता पौडेलले भने, ‘जनमतको कदर भएको छैन, न्यायालय र संवैधानिक निकायमाथि हस्तक्षेप बड्दो छ।’ राज्यका निकायमाथि हस्तक्षेप गरेकाले पनि प्रधानमन्त्री ओलीमा शासक बन्ने अभिप्राय देखिएको उनको भनाइ छ।

सिंहदरबारको अधिकार गाउँमा पुगेको प्रचार गरिएको भए पनि वर्तमान सरकार संघीयता व्यवस्थापनमा असफल भएको पौडेलको दाबी छ। जनताले खानेपानी नै नपाएको अवस्थामा सरकारले  नदीनालाको पानी एकै ठाउँमा जम्मा गर्ने र भारतलाई बुझाउने काम गरेको पौडेलले आरोप लगाए।

कांगे्रसले थालेको जागरण अभियानका क्रममा अछामबाट काठमाडौं जानेक्रममा सुर्खेतमा भएको कार्यकर्ता भेटघाटमा नेता पौडेलले यस्तो आरोप लगाएका हुन्।
 
जनतालाई निर्वाचनताका दिइएका वाचा वर्तमान सरकारले पूरा गर्न नसकेको भन्दै उनले अहिले पानीजहाज भन्दा पनि जनतालाई पिउने पानी चाहिएको बताए। 

सोही अवसरमा नेता पौडेलले कांग्रेसमा कुनै गुटबन्दी नभएको दाबी गरे। उनले भने, ‘अब देउवा र पौडेलको हुँ भन्ने होइन्, सबैले म कांग्रेस हुँ भन्नुहोस्।’ उनले अब कांग्रेसलाई स्वच्छ छवी, कामको मूल्यांकन गर्न सक्ने क्षमता भएको र सक्षम नेतृत्व आवश्यक रहेको बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.