प्रधानमन्त्री बन्ने पालो प्रचण्डको : नेता गजुरेल

प्रधानमन्त्री बन्ने पालो प्रचण्डको : नेता गजुरेल

काठमाडौं : सत्तारुढ दल नेकपाका नेता एवं सांसद हरिवोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी र सरकार आलोपालो रुपमै चलाउने पुरानै सहमति भएको जिकिर गरेका छन् ।

‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन् । उहाँहरु दुबैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भइसकेको छ,’ उनले भने ।

साथै अब प्रधानमन्त्री बन्ने पालो प्रचण्डकै भएको पनि उनले दावी गरेका छन् । प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेकै बेला प्रचण्ड अब प्रधानमन्त्री बन्नुपर्ने तर्क अन्य नेताहरुले पनि गरेका थिए ।

नेता गजुरेलले पार्टी एकता गराउन दुवै अध्यक्षको महत्वपूर्ण भुमिका रहेको स्मरण गरेका थिए । एकता प्रक्रिया चाँडै टुंगिने भन्दै उनले नेताहरुले अब बोल्ने तरिका पनि बदल्नुपर्ने उनको तर्क थियो ।

नयाँ बजेटबारे पनि उनले प्रतिक्रिया दिएका थिए । बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनले गुनासो गरेका छन् । साथै शहिद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी छ । रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.