विश्वकप क्रिकेट : न्युजिल्यान्डसामू श्रीलंका निरिह
एजेन्सी
श्रीलंकाले दिएको एक सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हात पा¥यो। न्युजिल्यान्डको जितमा मार्टिन गप्टिल र कोलिन मुनरोले अर्धशतकीय पाली खेले।
गप्टिलले ७३ रन बनाए। आक्रामक ब्याटिङ गरेका गप्टिलले ५१ बलमा दुई छक्का र आठ चौका प्रहार गरे। यसैगरी अर्का प्रारम्भिक ब्याट्सम्यान मोलिन मुनरोले पनि अविजित ५८ रनको अर्धशतकीय पाली खेले। उनले ४७ बलमा एक छक्का र ६ चौका हिर्काए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले एक सय ३६ रनको सामान्य योगफल मात्र बनाउन सक्यो। सोफिया गार्डेन्समा लगातार विकेट गुमाएको श्रीलंका ३९.२ ओभरमा अलआउट भएको थियो। श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले अविजित ५२ रनको अर्धशतकीय पाली खेले।
संयमपूर्ण ब्याटिङ गरेका करुणारत्नेले ८४ बलमा चार चौका हिर्काए। एक छेउमा उनले संयमित रुपमा खेलिरहँदा अर्को छेउबाट भने श्रीलंकाले लगातार विकेट गुमाएको थियो। श्रीलंकका विकेटकिपर ब्याट्सम्यान कुशल परेराले २९ र थिसरा परेराले २७ रन बनाए। यी तीन बाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्।
श्रीलंकालाई सस्तैमा समेट्न म्याट हेनरी र लक्की फर्गुसनले तीन÷तीन विकेट लिए। यस्तै टे«न्ट बल्ट, कोलिन डी ग्रान्डहोम, जेम्स निसम र मिचेल सान्टनरले एकएक विकेट लिए।