नमोबुद्ध-लुम्बिनी साहित्यिक दौड

नमोबुद्ध-लुम्बिनी साहित्यिक दौड

काठमाडौं : साहित्यकार लक्ष्मण सापकोटाले ‘प्रथम नमोबुद्ध-लुम्बिनी साहित्यिक दौड’ सुरु गरेका छन्। काभ्रेपलाञ्चोकको प्रसिद्ध तीर्थस्थल नमोबुद्धबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्मको दौड शनिबार सुरु भएको हो।

पृथ्वी र सिद्धार्थ राजमार्गको पाँच सय किलोमिटर दूरी उनले १६ दिन लगाएर दौडमार्फत् पूरा गर्न लागेका हुन्। दौड सुरु गर्नुअघि नमोबुद्ध स्तुपामा सापकोटाले लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्न देशैभर साहित्यिक जागरण ल्याउन दौड सुरु गरेको बताए।  

नमोबुद्धलाई बुद्धको जन्मस्थल लुम्बिनीसम्मको पैदल दौड गरी शान्तिको पक्षमा मानिसमा उत्साह जगाउने उनको लक्ष्य  छ।

सापकोटाले यसअघि २०७३ असोजमा १८ दिन दौडेर मेची महाकाली साहित्यिक दौड पूरा गरिसकेका छन्। साहित्यिक हिमाल आरोही उनले सोलुखुम्बु जिल्लाको इम्जात्से हिमाल र मेरापिक हिमालको सफल आरोहण पनि गरिसकेका छन्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.