अफगानिस्तानमाथि अस्ट्रेलियाको सहज जित

अफगानिस्तानमाथि अस्ट्रेलियाको सहज जित

इङ्ल्याण्ड  : आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा शनिबार राति भएको खेलमा अस्ट्रेलियाले अफगानिस्तानमाथि सहज जित हात पारेको छ । साविक विजेतासमेत रहेको अस्ट्रेलियाले उदयीमान टोली अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा अलआउट हुनुअघि २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाई जित आत पार्‍यो । अस्ट्रेलियाको जितका लागि कप्तान अरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट इनिङ खेले । फिन्च ४९ बलमा ६६ रन बनाएर आउट भए । उनले ६ चौका र ४ छक्का प्रहार गरे । वार्नर ११४ बलमा ८९ रन बनाई नटआउट रहे । एक वर्षे प्रतिबन्धपछि टोलीमा फर्किएका आक्रामक ब्याट्सम्यान वार्नर विश्पकपमा सानदार सुरुवात गर्न सफल भएका छन् ।स्मीथले १८, खवाजाले १५ र म्याक्वेलले १ बलमा ४ रन बनाए । अफगानिस्तानका लागि नाइब, मुजिब रहमान र रसिद खानले १–१ विकेट लिए । 

पहिले ब्याटिङ गरेका अफगानिस्तानले सुरुमै दुई ओपनर गुमायो । महत्वपूर्ण दुई ब्याट्म्यान मोहमद साहजाद र हजरातुल्लाह जाजई दुवै जना शून्य रनमै आउट भए । नाजिबुल्लाह जाड्नले सर्वाधिक ५१ रन बनाए ।  रहमत साहले ४३ र कप्तानसमेत रहेका गुल्बादिन नाइबले ३१ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका बलर रसिद खानले ११ बलमा २७ रन बनाउँदै विस्फोटक ब्याटिङ गरी टोलीको स्कोर उकास्न महत्वपूर्ण योगदान गरे । 

अस्ट्रेलियाका लागि पट कुम्निस र अडाम जाम्पाले ३–३ विकेट लिँदा मर्कुस स्टोनिसले २ र मिचेल स्टार्कले  १ विकेट लिए । यस प्रतियोगितामा अस्फगानिस्तान सबैभन्दा नयाँ टोली हो । यसअघि एक पटक मात्रै विश्वकपमा भाग लिएको थियो । अस्ट्रेलिया ५ पटकको विश्व विजेता टोली  हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.