टोली बाहिरिए पनि ‘प्लेयर अफ दी सिरिज अवार्ड’

टोली बाहिरिए पनि ‘प्लेयर अफ दी सिरिज अवार्ड’

एजेन्सी : विश्वकपमा प्रायः सबै खेलाडीको सपना हुन्छ, राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउने। क्रिकेटमा खेलाडीको व्यक्तिगत प्रदर्शनले थुप्रै कीर्तिमान पनि रचिन्छन्। खेलाडी एक्लैले गरेको प्रदर्शनले मात्र कहिलेकाहीँ टोलीले नजित्न पनि सक्छ। आईसीसी विश्वकप क्रिकेटमा यसअघि तीनवटा यस्ता रोचक घटना भएका छन्। 

टोली बाहिरिए पनि यसअघि विश्वकपमा तीन जना खेलाडीले ‘प्लेयर अफ दी सिरिज’ अवार्ड जितेका छन्। व्यक्तिगत प्रदर्शनका आधारमा महत्वपूर्ण उपाधि चुम्ने भाग्यमानी खेलाडी हुन्, भारतका पूर्वकप्तान सचिन तेन्दुलकर, दक्षिण अफ्रिकाका लान्स क्लुजनर र न्युजिल्यान्डका मार्टिन क्रो।

सन् २००३ को विश्वकपमा फाइनलमा भारत अस्ट्रेलियासँग एक सय २५ रनले पराजित भए पनि भारतका सचिन तेन्दुलकरले म्यान अफ दी सिरिजको उपाधि जितेका थिए। त्यति बेला सचिनले ६ सय ७३ रन बनाएका थिए। उनले दुई विकेट पनि लिएका थिए।

यसैगरी दक्षिण अफ्रिकाका लान्स क्लुजनरले सन् १९९९ को विश्वकपमा ‘प्लेयर अफ दी सिरिज’को उपाधि जितेका थिए। टोली बाहिरिए पनि व्यक्तिगत ठूलो उपलब्धि हात पार्ने क्रममा क्लुजनरले दुई सय ८१ रन बनाउनुका साथै १७ विकेट लिएका थिए।

यसैगरी उक्त अवार्ड सन् १९९२ को विश्वकपमा पहिलो पटक मार्टिन क्रोले जितेका थिए। उनी पहिलो पटक उपाधि नजित्ने टोलीबाट ‘प्लेयर अफ दी सिरिज’ जित्ने पहिलो खेलाडीसमेत बनेका थिए। पाकिस्तानले विश्वकप जितेको त्यो बेला न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। मार्टिन क्रोले त्यति बेला चार सय ५६ रन बनाएका थिए। उनले व्यक्तिगत प्रदर्शनका कारण उपाधि जितेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.