रासायनिक मल नपाएपछि रित्तो बोरा लिएर सडकमा उत्रिए किसान (भिडियो)

रासायनिक मल नपाएपछि रित्तो बोरा लिएर सडकमा उत्रिए किसान (भिडियो)

धादिङ : रासायनिक मल(युरिया) नपाएपछि आक्रोशित किसानहरुले रित्तो बोरा लिएर धादिङको जिल्ला प्रशासन कार्यलय घेराउ गरेका छन्। दिनहुँ सदरमुकाम धाउँदा पनि मल नपाएपछि किसानहरु आक्रोशित बनेका हुन्। 

नीलकण्ठ नगरपालिका आसपासका क्षेत्रमा नीलकण्ठ सहकारी संस्थाले किसानहरुलाई मल बिक्रि गर्दै आइरहे पनि आवश्यक परेको बेलामा उपलब्ध गराउन नसकेपछि किसानहरु आन्दोलित बनेका छन्। 

शुक्रबार र शनिबार धादिङ आसापासका क्षेत्रहरुमा पानी परेको र लगत्तै मल हालेर बालीनाली गोड्दा राम्रो उब्जनी हुने भएकाले नीलकण्ठ सहकारीमा विहानैदेखि ६ सय भन्दा बढी कृषकहरु मलको लागि लाइन लागेका थिए। तर, सहकारीमा जम्मा २ सय बोरा मात्रै मल आएकाले सवैलाइ बाढ्न नसक्ने बताएपछि किसानहरु आक्रोशित बनेका थिए। 

नीलकण्ठ नगरपालिका–४ की सानुमाया दुवाडीले भनिन्,‘आज मल बाँड्छ भनेर विहान ७ बजेदेखि लाइनमा बसेँ, आफु यता आएपछि बच्चाहरु स्कुल जान पाएका छैनन्। धेरै दिन धाउदा आज बाँड्छ भनेको थियो मान्छे धेरै भएर आज पनि मल पाइएन।’

खेतबारीमा लगाइएको मकै र धान गोड्नको लागि राम्रो मौसम भएकाले युरिया मल खोज्दै नीलकण्ठ नगरपालिका आसपासका किसानहरु सदरमुकाम आएका थिए। हरेक वर्ष र हरेक सिजनमा किसानलाई मल आवश्यक पर्ने बेलामा सधैं हाहाकार हुने गरेको छ। १ बोरा मल खरिद गर्नको लागि घण्टौको लाइन र सास्ती खेप्नुपर्दा किसानहरु हैरान बनेका छन्।

भिडियाे हेर्नुस् :

नीलकण्ठ नगरपालिका–८ का किसान शिव प्रसाद लंसालले आक्रोशित हुँदै भने,‘किसानलाई कुन बेलामा मल चाहिन्छ भन्ने कुरो कुर्चिमा बस्नेहरुलाई थाहा पाउनुपर्दैन? पैसा तिरेर किन्छु भन्दा पनि यत्रो लडाँइ गर्न पर्ने? सहकारीमा जम्मा २ सय बोरामात्रै मल भएपनि किसानहरु ६ सय भन्दा बढी लाइनमा बसेपछि वितरण गर्न नसकिएको नीकलण्ठ सहकारीका व्यवस्थापक हरि रिजालले बताए।

सहकारीले मल नबाड्ने भनेपछि आक्रोशित बनेका कृषकहरु नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यलय घेराउ गर्न पुगेका थिए। किसानहरुले ‘रित्तो बोरा मलले भर’, ‘कृषि मन्त्री राजीनामा देउ’, ‘किसानको समस्या समाधान गर’, भन्ने जस्ता नारा लगाएका थिए। 

सहकारी संस्थाका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएपछि साल्ट ट्रेडिङलाई जिल्लामा मल पठाइदिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अनुरोध गरेका थिए। किसानहरुले बिच बजारमा सडक अवरुद्ध गर्ने प्रयास समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.