‘आप्पा’को रुवाउने ट्रेलर : कस्तो छ त दयाहाङको जादु ? (भिडियो)

‘आप्पा’को रुवाउने ट्रेलर : कस्तो छ त दयाहाङको जादु ? (भिडियो)

काठमाडौं :  दयाहाङ भन्छन्, ‘आप्पा भनन।’ उनको छोरो भन्छ, ‘तपाइँ मेरो आप्पा होइन र आप्पा हुन नखोज्नुस्।’ बिहीबार सार्वजनिक गरिएको फिल्म आप्पाको ट्रेलरमा देखिने बाबुछोराको संवाद हो यो। 

अनमोल गुरुङ निर्देशित फिल्म ‘आप्पा’ को दुई मिनेट त्रिपन्न मिनेटको ट्रेलर निकै भावुक छ। ट्रेलरमा देखिए अनुसार कलाकार दयाहाङ राई एक पटक फेरि आफ्नो अभिनयको जादु चलाउन तयार देखिन्छन्।

यस फिल्ममा अभिनेता दयाहाङ राई आप्पा अर्थात् बुबाको जिम्मेवारीमा छन्। उनी त्यहाँ ड्राइभरको भूमिकामा देखिएका छन्।

निर्देशनको राम्रो ज्ञान भएका अनमोलले आप्पामा नेपाली फिल्ममा सर्वाधिक हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेलाई निर्देशन गर्ने मौका पाएका छन्। 

टे«लर सार्वजनिक कार्यक्रममा घिमिरले फिल्म क्षेत्रका सबै विधामा कामको अनुभव बटुलेका अनमोललाई ‘कम्पिल्ट फिल्म’ मेकर भन्दै प्रशंसा गरेका थिए।

आप्पामा काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘अनमोल सजिलो निर्देशक थिएनन्। मैले एउटै सिनमा धेरै टेक खानु परेको थियो।’

असार १३ गतेबाट नेपाल भारत लगायत अन्य देशहरुमा पनि एकैसाथ प्रदर्शनमा आउन लागेको फिल्म आप्पामा दयाहाङ्का साथै तुलसी घिमिरे, सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा, अरुणा कार्की लगायतको अभिनय छ। 

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन्। यसमा रुदेन सादा लेप्चाको लगानी रहेको छ।

‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ। फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.