बनाउने भए खगेन्द्रले पानीफोटा

बनाउने भए खगेन्द्रले पानीफोटा

काठमाडौं : लेखक तथा कलाकार खगेन्द्र लामिछानेले चलचित्र पानीफोटो बनाउने भएका छन्। आइतबार एक औपचारिक कार्यक्रममा उनले पानीफोटो बनाउने घोषणा गरेका हुन्। 

पन्ध्र वर्ष अगाडि बेपत्ता भएका आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा बन्न लागेको यही फिल्मबाट खगेन्द्रले चलचित्र निर्देशनमा डेब्यु गर्दै छन्।

चलचित्र निर्देशन गर्नु खगेन्द्रको सपना थियो। उनी भन्छन्, ‘मेरा सपना मध्येको एक मुख्य सपना हो पानीफोटो चलचित्र निर्देशन गर्नु।’ उनले चलचित्र निर्माणमा लागेपछि सिकेका कुरालाई सदुपयोग गर्ने र इमान्दारिपूर्वक चलचित्र बताउने बताए। जो व्यक्तिहरु आफ्ना आशाहरुलाई जीवन्त राख्न सघंर्ष गरिरहेका छन् उनीहरुको लागि पानीफोटो गज्जबको सिनेमा बन्ने समेत उनले बताए। 

लचित्रमा माओवादी द्वन्द्वकालको कथा रहने निर्माण पक्षले जानकारी दिएको छ। बन्न लागेको पानीफोटा नाटकका रुपमा मञ्चन भइसकेको छ। यसमा खगेन्द्र स्वयम् किताब पनि लेखेका छन्। 

चलचित्रमा खगेन्द्र स्वयम्को अभिनय रहने छ भने अन्य कलाकारमा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्का जस्ता चर्चित कलाकारको समेत अभिनय रहने छ। 

चलचित्रलाई रोजिना सिटौला र रबिन्द्र बज्राचार्यले निर्माण गर्दै छन्। चलचित्रको कला सहायकमा अमुल श्रेष्ठ र आसिका शर्मा छन् भने मुख्य सहायक निर्देशकमा अनिल खड्का छन्। श्रंगारमा शमशेर लामा, भेषभुषामा सुजिता चौधरी, ध्वनीमा किशोर आचार्य र पाश्र्व संगीतमा पुष्पासंगम रहेका छन्।

पशुपति प्रसाद र धनपति जस्तो उत्कृष्ट चलचित्र निर्माण गरिसकेको टुकी आर्टस् प्रा.लि.ले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा चलचित्र पानीफोटा निर्माण हुन लागेको हो।  चलचित्रको सुटिङ् आगामी भदौदेखि  काठमाडौं, चितवन स्याङ्जा र रोल्पामा हुनेछ बताइएको छ। चलचित्र २०२० मा मात्र प्रदर्शनमा आउने छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.