पदम राईले किन छोडे विप्लव ?

पदम राईले किन छोडे विप्लव ?

काठमाडौं : घुम्बाराहीमा आइतबार बिहान राजनीतिक चहलपहल बाक्लै थियो। सधैंजसो सुनसान रहने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालयमा बिहानै नेता कार्यकर्ताको भिडभाड थियो। कारण थियो, प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’को सत्तारुढ नेकपा प्रवेश।

पूर्वराज्यमन्त्री समेत भइसकेका विकासलाई स्वागत गर्न नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ आउने खबरले पत्रकारको उपस्थिति राम्रो थियो। तर, प्रधानमन्त्रीसमेत रहेका केपी ओली आएनन्।  अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलले राईलाई पार्टीमा स्वागत गरे।

विकासलाई नेकपामा स्वागत गर्दै प्रचण्डले विप्लवलाई पुनः सँगै काम गर्न आह्वान मात्र गरेन, एकदिन उनी नेकपामै आउँने दाबी गरे। ‘एकदिन विप्लव पनि यही ठाउँमा आउँनुपर्छ र यही ठाउँमा आएर मिसिनुपर्छ’, उनले भने,‘सबैलाई क्षति गर्नेबाटो उहाँहरु हिँड्नु भएको छ, यो बाटोबाट कुनै गन्तव्यमा पुगिँदैन।’

त्यसै विकासले योबाटो हिँडेर देशलाई नोक्सानी मात्र हुने भएकाले आफू नेकपामा आएको प्रष्ट पारे। ‘हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाइएको छ अब फेरि त्यस्तो नहोस्’ उनले भने,‘पहिले सरकारी वार्ता टोलिसँगे भेटेर वार्ताका लागि मैले पहल पनि गरेको थिएँ।’ 

कारवाहीमा परेका थिए विकास 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता तथा जनसरकार उपप्रमुख समेत रहेका विकास वैकल्पिक सरकारका उपप्रमुख पनि थिए। सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)को नेतृत्वमा विप्लवको पार्टीले केन्द्रीय तहमा जनसरकार बनाएको थियो। विकास उक्त पार्टीका पोलिटब्यूरो सदस्य पनि थिए। 

गत महिना अन्नपूर्ण पोस्ट्मा विप्लवलाई वार्तामा आउन आफू लगायतका नेताहरुले दबाब दिइरहेको र वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने भनाइ राखेपछि उनलाई पार्टीले कारवाही गरेको थियो। त्यसपछि उनी निरन्तर सत्तारुढ दल नेकपाको नेताहरुको सम्पर्कमा थिए। 

गृहमन्त्री रामबहादुर थापा, उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी लगायतले राईको पार्टी प्रवेश कार्यक्रमका लागि भूमिका निवार्ह गरेका थिए। राई २०६४ को पहलिो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्वर १ वाट निर्वा्चित भएका थिए। उनलाई गत देश तथा प्रतिनिधीसभा चुनावमा भोजपुरमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईमाथि बम आक्रमण गरेको अभियोग लागेको थियो।  त्यो बेला उनी मोरङ जिल्ला अदालतबाट ६० हजार धरौटीमा रिहा भएका थिए। 

राईले नेकपा प्रवेश कार्यक्रममा आफु सुरक्षाको खोजी गदै नेकपा प्रवेश नगरेको प्रष्ट पारेका छन्। उनले विप्लव हिँडेको बाटोवाट क्रान्ति टुंगोमा नपुग्ने निष्कर्षमा पुगेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.