सडक दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु
![सडक दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20190217102945_YKzw2m8QKh.jpg)
काठमाडौं : काठमाडौंको धोविघाटमा आइतबार दिउसो सवारी दुर्घटना हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आउँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोविन्द घिमिरे शर्मा रहेको नर्भीक अस्पतालले जानकारी दिएको छ। शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का नवनिर्वाचित अध्यक्ष थिए। उनी किसान टेलिभिजनका सञ्चालक पनि थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)