'गलबन्दी' ले ततायो बेलायतको नेपाली कन्सर्ट

'गलबन्दी' ले ततायो बेलायतको नेपाली कन्सर्ट

लन्डन :

भो भो कान्छा नगर आश मेरो

त्यो दिलमा हुँदैन बास मेरो

पछ्यौरी .....

पछ्यौरी च्यातियो तिमीले तानेर

फसाउन नखोज सोझी ठानेर ।

नेपालमा युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको अहिलेको चर्चित गीत 'गलबन्दी...' की गायिका शान्तिश्री शनिबार बेलायतको फार्नबरो  तताइन्। फार्नबरो फुटबल क्लबको खुला मैदानमा नेपाली ओपन कन्सर्ट हेर्न भेला भएका २५ सय बढी दर्शकमाझ शान्तिश्रीसहितका गायक गायिकाले आआफ्ना प्रस्तुति दिए।

सुरुमै आफ्नो बहुचर्चित गीत 'बोल माया....' बाट दर्शकलाई भावुक बनाएकी उनले पछि कौडा र गलबन्दी जस्ता गीत गाएर नचाएकी थिइन्।

कन्सर्टमा 'सालको पात' स्टार गायक कुलेन्द्र विकले पनि प्रस्तुति दिए। 'सालको पात', 'नआउ है सानु पधेंरीमा' सहितका आफ्ना लोकप्रिय गीतमा उनले दर्शकलाई मज्जाले नचाए।

मगर संघ बेलायतको आयोजनामा सम्पन्न कन्सर्टका प्रमुख आकर्षण नेपाली संगीत क्षेत्रका हस्ती गायक प्रेमध्वज प्रधान थिए।

कन्सर्टकै लागि बेलायत आएका गायक प्रधानले आफ्ना कर्णप्रिय गीत सुनाए। कन्सर्टमा प्रस्तुति गर्ने सम्पूर्ण कलाकारसँगै उनले 'यो नेपाली शीर उचाली...' प्रस्तुत गर्दा उपस्थित सयौं दर्शकले पनि साथ दिए।

कन्सर्टमा कुमारी चेपाङ, निकिता थापा, सञ्जय गुरुङ, पवन राना, कुमार पुन लगायतका गायकगायिकाले विभिन्न गीत सुनाएर मनोरञ्जन गराए। नायक धिरज मगर, सलिना थापा, दीपक मैथाने लगायतका  नृत्य पनि दर्शकले खुब रुचाए।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेलायती सांसद लियो डोकेर्टी, स्थानीय रश्मोर काउन्सिलकी मेयर सु कार्टर लगायतका विशिष्ट अतिथि समेत उपस्थित थिए।

कार्यक्रमस्थलमा नेपाली खाना, विभिन्न व्यवसाय, च्यारिटी लगायतका २ दर्जन स्टल राखिएका थिए। सन् २००७ देखि हरेक वर्ष बेलायतमा नेपाली ओपन कन्सर्ट आयोजना हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.