भारतमा रेलले किचेर दुई  नेपालीको मृत्यु

भारतमा रेलले किचेर दुई  नेपालीको मृत्यु

झापा : झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा रेलले किचेर मृत्यु भएको छ। शनिबार बिहान ११ बजे  भारतको बाघपुल नजिक उनीहरुलाई  रेलले किचेको हाे । 

आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको मृत्यु भएको हो। घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन्। उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए। 

खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित चारजना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए। शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो। 

इन्द्रलाई रेलले किचेपछि जोगाउन गएकी आमाको पछिपछि गएका रोहनलाई समेत रेलले किचेको हो। 

मृतकहरुको भारतको सिलीगुढीस्थित एक मेडिकल कलेजमा पोस्टमार्टम भएको छ। पोस्टमार्टमपछि भारतीय प्रहरीले आइतबार नै कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको मृतकका दाजु खेमराजले बताए।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.