अमेरिकी भिसा लिन थप व्यवस्था : के-के नियम थपियाे ?

अमेरिकी भिसा लिन थप व्यवस्था : के-के नियम थपियाे ?

वासिङटन : अमेरिकी भिसा लिन आवेदकले इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विस्तृत विवरण पनि पेश गर्नुपर्नेछ।

नियम निकट भविष्यमै लागू गरिने नयाँ नियमअनुसार भिसा आवेदन दिँदा सामाजिक सञ्जालको नाम र पाँच वर्षयता प्रयोग गरिएका इमेल तथा फोन नम्बर पनि उपलब्ध गराउनुपर्ने हुन्छ। गतवर्षको मार्चमै यो नियम लागू गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्ताव विवादमा परेको थियो। 

यो वर्षदेखि भने यो नियम लागू गर्न ट्रम्प प्रशासन दृढ देखिएको छ। हाल यसमा आवेदकले हेर्ने गरेका साइटको नाम पनि उल्लेख गर्नुपर्ने बताइएको छ। 

यो नियम लागू भएपछि वार्षिक रूपमा १ करोड ४७ लाख मानिस प्रभावित हुने अनुमान छ। अमेरिकामा हुने आपराधिक क्रियाकलाप रोक्न तथा अमेरिकी नागरिकको सुरक्षाका लागि यो नियम लागू गर्न लागिएको सरकारले बताएको छ। 

कूटनीतिक तथा आधिकारिक भिसा आवेदकले भने इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विस्तृत विवरण दिनुपर्ने छैन। एजेन्सी  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.