एनसेलको फोरजी एक हजार ठाउँमा

एनसेलको फोरजी एक हजार ठाउँमा

काठमाडौं : एनसेलले नवीन प्रविधि भित्र्याइ त्यसको लाभ ग्राहकलाई प्रदान गर्ने प्रतिवद्धताबमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानमा फोरजी सेवा पुर्‍याएको छ।

एनसेलले आइतबार फोरजी सेवा देशका सातै प्रदेशका एक हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीको पहुँचमा पुगेको घोषणा गरेको छ। अब प्रायः सबै सहर र सहरी क्षेत्रभन्दा बाहिर रहेका ग्राहकले पनि द्रूत गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरबाट फाइदा लिन सक्नेछन्।

‘हाम्रा प्रिय ग्राहकलाई द्रूत गतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, सहरी क्षेत्रभन्दा बाहिरका स्थानसमेत समेट्दै सफलतापूर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रूपमा विस्तार गर्ने कार्य भइरहेको घोषणा गर्न पाउँदा निकै हर्षित छौं’, एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने।

एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा विश्वस्त रहेको उनको भनाइ छ। यो ब्रोडब्यान्ड पूर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडब्यान्ड नीतिअनुरूप रहेको उनले जानकारी दिए।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्ट पेड ग्राहकले दू्रत गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन्।

फोरजी÷एलटीई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लीकेसन प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइल आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्री सजिलै हेर्न सक्नेछन्।

दुई वर्षअघि जेठ १८ गतेदेखि एनसेलले फोरजी सेवा काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो। यो सेवा अब विराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलंगवा र धनकुटालगायत एक हजारभन्दा बढी स्थानमा उपलब्ध छ।

सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेक ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई एक रुपैयाँ तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.