आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

मोहम्मद आमिर (पाकिस्तान)


पाकिस्तानी टोलीका अनुभवी बलर हुन्, मोहम्मद आमिर। उनी तीव्रगतिका बलर हुन्। विश्वकपका लागि घोषित प्रारम्भिक टोलीमा नपरेका आमिरलाई पछि टोलीमा समावेश गरिएको थियो। विश्वकप सुरु हुनुअघि उनी स्वास्थ्य समस्याबाट पीडित थिए। त्यसैले वेस्ट इन्डिजविरुद्घको खेलमा अन्तिम समयमा आएरमात्र मैदानमा उतारिएको थियो। तर, उनले वेस्ट इन्डिजविरुद्घ उत्कृष्ट प्रदर्शन गरे। उनले ६ ओभरमा २६ रन खर्चिएर तीन विकेट लिए।

२७ वर्षीय आमिरले पाकिस्तानका लागि ५२ एकदिवसीय खेलमा ५१ पाली खेल्दै ३१.६९ कौ औसतले ६३ विकेट लिएका छन्। एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २८ रन दिएका चार विकेट हो। उनले एकदिवसीयमा पाकिस्तानका लागि कुल तीन सय ५५ रन पनि बनाएका छन्। एउटा एकदिवसीय प्रतियोगितामा उनले अविजित ७३ रन पनि बनाएका थिए। सोमबार हुने इङ्ल्यान्डविरुद्घको खेलमा पनि आमिरको धारिलो बलिङ पाकिस्तानका लागि उपयोगी सिद्ध हुन सक्छ।

जोय रुट (इङ्ल्यान्ड)

इङ्ल्यान्ड क्रिकेट टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान हुन्, जोय रुट। दायाँहाते ब्याट्सम्यान रुटले इङ्ल्यान्डका लागि हालसम्म एक सय ३३ एकदिवसीयमा एक सय २५ पाली खेल्दै ५०.४८ को औसतले कुल पाँच हजार तीन सय ५१ रन बनाइसकेका छन्। एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय ३३ रन हो। २८ वर्षीय अनुभवी खेलाडी रुट महत्वपूर्ण प्रतियोगिताहरूमा इङ्ल्यान्डका लागि सधैं उपयोगी सिद्ध हुँदै आएका छन्।

बेलाबखत टोलीमा बलरको भूमिकासमेत निर्वाह गर्ने रुट फिल्डिङमा पनि उत्तिकै निपुण छन्। एकदिवसीय क्रिकेटमा उनले २० वटा विकेट पनि लिएका छन्। यसैगरी उनले ६४ वटा क्याच पनि लिएका छन्। यसअघि उनले सन् २०१५ को विश्वकप पनि खेलेका थिए। जारी विश्वकपको दक्षिण अफ्रिकाविरुद्घको खेलमा रुटले ५९ बलको सामना गरी पाँच चौकाको मद्दतले ५१ रन बनाएका थिए। सोमबार हुने पाकिस्तानविरुद्घको खेलमा पनि उनी इङ्ल्यान्डका लागि महत्वपूर्ण खेलाडी सावित हुन सक्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.