प्रदेश- ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना
![प्रदेश- ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना](https://annapurnapost.prixacdn.net/media/albums/dormani-paudel_20190603051947_e3U7shNQZV.jpg)
हेटौंडा: प्रदेश- ३ का मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन्। मुटुको नियमित परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार भर्ना भएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
अस्पतालका विषेशज्ञ चिकित्सकको टोलीले पौडैलको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उनले एक हप्ता आराम गर्नुपर्ने देखिएकाले अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन्।अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ।
७३ वर्षीय पौडेलको यसअघि हेटौडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो। उनी प्रदेशसभा-३ का सबैभन्दा जेष्ठ सदस्य पनि हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)