विराटनगरमा 'बटसावित्री‘ पर्व मनाइयो

विराटनगरमा 'बटसावित्री‘ पर्व मनाइयो

विराटनगर : पतिको दीर्घायुको कामना गर्दै मिथिलाका महिलाले बटसावित्री 'बरसाइत' पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार मिथिला क्षेत्रमा मैथिली विवाहित महिलाले बटसावित्री पर्व मनाएका हुन्।

महिलाले बटवृक्षको नजिक पूजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक जनविश्वास रहि आएको छ। बटसावित्री पूजालाई मिथिला भाषामा 'बरसाइत' भन्ने चलन रहेको छ।

प्राचिनकालमा सावित्रिले आफ्नो पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको धार्मिक विश्वास रहिआएको छ।

जेष्ठ अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती सावित्री र नागनागिनका साथै वरको बोटको पूजा गरी मनाउने गरिन्छ।

बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ वस्त्र धारण गरेर पूजाको थालीमा आँप, केरा, हाते पंखा, मिठाई, चना, काँक्रोलगायतका सामग्री लिएर वरको रुखमुनि पुगेर बरको पूजा गरी प्रसाद सावित्री, नागनागनी र पार्वतीलाई चढाएर पर्व मनाउने गर्छन्। 

नवविवाहिता महिलाले यो पर्व पहिलो वर्षमा विशेष पूजा गरेर मनाउँछन्।विवाहिता महिलाले बटवृक्षमा गएर पूजागरी कथा सुन्ने गर्छन्। यस पर्वमा व्रतीले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको बरदान माग्ने परम्परा रहिआएको छ।

वरको रुखको मुलमा ब्रम्हा, विष्णु तथा अग्र भगमा शिवको बास हुन्छ । सावित्री पनि सोही रुखमै प्रतिष्ठापित भएको विश्वास अनुसार यस पर्वको सुरुवात भएकाले बटसावित्री पूजा भन्ने गरिएको हो। पौराणिक कथा अनुसार सावित्रीले सोही रुखमुनि आराधना गरी आफ्नो पति सत्यनावलाई जिवित तुल्याएकी थिइन्।

प्राय ब्राह्मण र कायस्थ जातिमा मनाइने यो व्रतमा नवविवाहिता बेहुलीको घरमा ससुरालीबाट पूजाको सम्पूर्ण सामग्री पठाउनुपर्ने चलन छ।पानीमा भिजाएको काँचो चनालाई प्रसादस्वरुप वितरण गर्ने चलन रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.