सोलुखुम्बुका विकट गाउँमा विप्लवको 'मुभमेन्ट'

सोलुखुम्बुका विकट गाउँमा विप्लवको 'मुभमेन्ट'

काठमाडौं : सोलुखुम्बुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको सक्रियता बढेको प्रशासनले पुष्टि गरेको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भोजपुर घटनापछि विप्लव समूहको गतिविधि बढेको सूचनाका आधारमा सुरक्षा सतर्कता अपनाइएको अन्नपूर्णलाई बताए। 

सोलुखुम्बुसँग सीमा जोडिएको भोजपुरमा जेठ ७ गते प्रहरीको गोली लागि विप्लवका एक कार्यकर्ताको मृत्यु भएको थियो। प्रहरीसँगको मुठभेटमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले जिल्ला बन्द समेत गरेको थियो।

विप्लव समूहले उक्त घटनालाई प्रहरीले मुठभेटको नाम दिएको बताएको छ। यो घटनापछि सोलुखुम्बुमा विप्लवका कार्यकर्ताको गतिविधि बढेको सूचना मिलेको प्रजिअ रानाले जानकारी दिए।  तर ठ्याक्कै कुन क्षेत्रमा उनीहरूको गतिविधि देखिएको हो भन्ने उनले खुलाएनन्।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीका अनुसार जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। 'विप्लवको मुभमेन्ट बढेको साँचो हो। हामीले सूचना पाइसकेका छौँ', उनले भनिन्, 'आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेका छौँ।' विकट ठाउँहरूमा विप्लवको गतिविधि बढेको भए पनि ठाउँ भने प्रष्ट नभएको उनले बताइन्। 

सोलुखुम्बु विकट क्षेत्र माहाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पनि यसक्षेत्रमा विप्लवको गतिविधि बढेको स्वीकार गरे। 'गाउँपालिकाको ५ नम्बर वडाको नुर्कुम र अरु केही ठाउँमा विप्लवका कार्यकर्ताको आउने जाने भएको रिपोर्ट आएको हो', अध्यक्ष किरातीले भने, 'नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती परिचालन भएको पनि हो। तर यहाँ अहिलेसम्म कुनै घटना भएको छैन।'

महाकुलुङ को वडा नम्बर ३ छेसक्याम्पमा रहेको प्रहरी चौकी प्रहरीकै नियन्त्रणमा रहेको र मिडिया रिपोर्टहरूमा आएजस्तो यहाँबाट प्रहरीहरू नभागेको उनले दाबी गरे।

महाकुलुङ गाउँपालिकाको पूर्वमा भोजपुर जिल्ला पर्छ। यस्तै उत्तरपूर्वमा संखुवासभा र पूर्व दक्षिणमा खोटाङ जिल्ला पर्छ। यो क्षेत्रमा ठूलो जंगल रहेकाले विप्लवका लागि गतिविधि बढाउन सहज रहेको गाउँपालिका अध्यक्ष किराती पनि स्वीकार्छन्।

विप्लव समूह र सरकारलाई सनकको भरमा नभइ जिम्मेवारीपूर्वक समस्याको समाधान निकाल्न उनले आग्रह गरे। 'राजनीतिक हिसाबले डिल गर्नुपर्छ। धनजनको क्षति गर्नुहुँदैन', उनले भने, 'वार्ता र सहमतिका आधारमा उनीहरूका माग सुनुवाई गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.