पाकिस्तानी प्रधानमन्त्रीले साउदी राजाको अपमान गरेको भन्दै आलोचना

पाकिस्तानी प्रधानमन्त्रीले साउदी राजाको अपमान गरेको भन्दै आलोचना

नयाँदिल्ली : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुटनीतिक मर्यादा मिचेर साउदी अरबका राजा सलमानको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

साउदीस्थित मक्कामा ओआईसीको सम्मेलनको क्रममा पुगेका इमरानले साउदी राजा सलमानसँग नबोलिकनै अनुवादकसँग हात मिलाएर बोलेर सरासर हिँडेपछि उनको आलोचना भएको हो ।

कतिपयले उनलाई कुटनीतिक आचरण सिकाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् ।

इमरान रेड कार्पेटमा हिँड्दै गरेको उक्त भिडियोकै आधारमा उनको आलोचना भएको हो । भिडियोमा इमरान रेड कार्पेटमा सरासर हिँड्छन् र अनुवादकसँग हात मिलाएर अर्कै गेटबाट जान्छन् । उनको यस्तो तरिका सामान्यतः कुटनीतिक आचरण वमोजिम मानिँदैन । यसबारे हालै बिबिसी हिन्दीले समाचार बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.