रसुवाको गुम्चेतमा जीप दुर्घटना : दुई महिलाको मृत्यु, ६ घाइते

रसुवाको गुम्चेतमा जीप दुर्घटना : दुई महिलाको मृत्यु, ६ घाइते

नुवाकोट : त्रिशूली–रसुवागढी सडकमार्गमा टाटासुमो दुर्घटना भएको छ। दुर्घटनामा दुई महिलाको घटनास्थलमै ज्यान गएको छ। तीन जना हराइरहेका छन्।

६ जना घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सि सापकोटाले जानकारी दिए।

वीरगन्ज–गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकमार्ग अन्तर्गत रसुवाको गुम्चेतमा सोमवार बेलुकी बा १०च ५८२० नम्बरको टाटासुमो दुर्घटना भएको सापकोटाले बताए। उनका अनुसार साँझ ६ बजे पोखराबाट नुवाकोटको विदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको जीप गुम्चेतमा सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूको नाम खुलेको छैन। तीन जना हराइरहेका छन्। मृतक, घाइते तथा  हराइरहेकाको पहिचान खुलेको छैन।

घाइते ६ जनाको स्थानीयवासी, जलविद्युत आयोजनामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरि उपचारका लागि नुवाकोट जिल्ला अस्पताल पठाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।

उनका अनुसार सडकमार्गबाट तल भीरमा खसेर जीप त्रिशूली नदीमा पुगेको छ। शव संकलन जारी रहेको स्थानयवासी सुमन भट्टले जानकारी दिए।

गत वर्षदेखि सन्चालित कच्ची सडकमा पहिलोपटक दुर्घटना भएको हो। गाडी रिजर्भ गरेर पोखरा पुगेर फर्कँदै गरेकाहरू दुर्घटनामा परेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.