पूर्वविजेतालाई अफगानिस्तानको चुनौती

पूर्वविजेतालाई अफगानिस्तानको चुनौती

लन्डन  : विश्वकप क्रिकेटको मंगलबार हुने खेलमा श्रीलंकाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे कार्डिफस्थित सोफिया गार्डेन्स मैदानमा खेलिनेछ । श्रीलंका र अफगानिस्तान दुवैको यो दोस्रो खेल हो । जारी विश्वकपको आफ्नो पहिलो खेलमा यी दुवै टोली पराजित भएका थिए ।

श्रीलंकालाई न्युजिल्यान्डले १० विकेटको फराकिलो अन्तरले हराएको थियो भने अफगानिस्तालाई साबिक विजेता अस्ट्रेलियाले सात विकेटले पराजित गरेको थियो । श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो भने अफगानिस्ताको यो दोस्रो विश्वकप सहभागिता हो । सन् २०१५ को विश्वकपमा अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो ।

विश्वकपमा अफगानिस्तानले हालसम्म एक खेलमात्र जित्न सकेको छ । सन् २०१५ को विश्वकपमा अफगानिस्तानले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । जारी विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएकाले पनि मंगलबार हुने खेल यी दुबै टोलीका लागि महŒवपूर्ण छ । यी दुवै टोली समूहगत चरणका बढीभन्दा बढी खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन् ।

जारी विश्वकपमा अफगानिस्तानको बलिङ स्तरीय देखिएको छ । तुलनात्मक रूपमा ब्याटिङ केही फितलो रहे पनि त्यसमा सुधार आउँदै गएको देखिन्छ । यसको ठीक विपरीत अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित राष्ट्र भएर पनि पछिल्लो समय श्रीलंकाको ब्याटिङ र बलिङ दुवै सन्तोषजनक देखिएको छैन । न्युजिल्यान्डविरुद्धको खेलमा पनि श्रीलंकाका तीन खेलाडी कप्तान दिमुथ करुनारत्ने (अविजित ५२ रन), विकेटकिपर ब्याट्सम्यान कुशल परेरा (२९ रन) र थिसरा परेरा (२७ रन) ले मात्र दोहोरो संख्यामा रन बटुल्न सकेका थिए ।

न्युजिल्यान्डविरुद्धको खेलमा श्रीलंकाली टोली २९.२ ओभरमा एक सय ३६ रनमै अलआउट भएको थियो । न्युजिल्यान्डले १६.१ ओभरमै विजयलक्ष्य पूरा गरेको थियो । बलिङमा पनि अनुभवी लासिथ मालिंगासहित कोही पनि चल्न सकेनन् । हालसम्म श्रीलंका र अफगानिस्तानबीच तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भएको छ । दुई खेलमा श्रीलंका विजयी भएको छ भने अफगानिस्तानले एक खेलको नतिजालाई आफ्नो पक्षमा पारेको छ ।

श्रीलंकाले अफगानिस्तानलाई सन् २०१४ मा भएको एसिया कप र सन् २०१५ को विश्वकपमा हराएको थियो । अफगानिस्तानले भने सन् २०१८ को एसिया कपमा श्रीलंकालाई हराएको थियो । मंगलबार यी दुई टोलीबीच खेल हुने सोफिया गार्डेन्स रंगशालामा तीव्रगतिका बलरहरू चम्कन सक्ने सम्भावना छ । अफगानिस्तानको टोली गुलबदिन नाइब र       श्रीलंकाको टोली दिमुथ करुनारत्नेको कप्तानीमा छन् ।

एकदिवसीय क्रिकेटमा दुई टोली

कुल : ३ खेल

श्रीलंका विजयी : २ खेल

अफगानिस्तान विजयी : १ खेल

आजको खेल

श्रीलंकाविरुद्ध अफगानिस्तान

सोफिया गार्डेन्स (दिउँसो ३ः१५ बजे)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.