आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

मोहम्मद नाबी (अफगानिस्तान)

मोहम्मद नाबी अफगानिस्तानका अनुभवी खेलाडी हुन् । ३४ वर्षीय नाबी टोलीका अलराउन्डर हुन् । उनी आईसीसी एकदिवसीय अलराउन्डर वरीयताको तेस्रो स्थानमा आसीन खेलाडी हुन् । टोलीको महŒवपूर्ण सफलताहरूमा नाबीको महŒवपूर्ण भूमिका रहँदै आएको छ । यद्यपि, जारी विश्वकपको अस्ट्रेलियासँगको खेलमा उनी चल्न सकेनन् । उनले अफगानिस्तानका लागि एक सय १३ एकदिवसीय खेलमा एक सय एक पाली खेल्दै २८.८७ को औसतले कुल दुई हजार पाँच सय ९९ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटको उनको उच्च स्कोर एक सय १६ रन हो । बलिङतर्फ पनि उनले एकदिवसीय क्रिकेटमा एक सय नौ पाली खेल्दै एक सय १८ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३० रन दिएर चार विकेट हो । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने अफगानिस्तानका पहिलो क्रिकेटर पनि हुन् ।

एन्जेलो म्याथ्युज ( श्रीलंका)

श्रीलंकाली क्रिकेट टोलीका प्रभावशाली खेलाडीमध्ये एक हुन्, एन्जेलो म्याथ्युज । ३२ वर्षीय म्याथ्युज टोलीका अनुभवी अलराउन्डर हुन् । यद्यपि, न्युजिल्यान्डविरुद्घको पहिलो खेलमा उनी शून्य रनमै पेभेलियन फर्किएका थिए । तर, मंगलबार हुने अफगानिस्तानसँगको खेलमा म्याथ्युजबाट       श्रीलंकाले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । म्याथ्युजले       श्रीलंकाका लागि दुई सय पाँच एकदिवसीय खेलमा एक सय ७५ पाली खेल्दै ४१.७१ को औसतले कुल पाँच हजार तीन सय ८१ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ३९ रन हो । एकदिवसीय क्रिकेटको एक सय ५४ पालीमा बलिङ गरेका म्याथ्युजले एक सय १४ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर ६ विकेट हो । सम्भवतः आफ्नो जीवनको अन्तिम विश्वकप खेलिरहेकाले पनि उनी यसलाई अविस्मरणीय बनाउने धुनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.